पत्रकार गणेश चौधरीमाथि आक्रमण, दोषीलाई कारवाहीको माग

२७ श्रावण २०७७, मंगलवार
पत्रकार गणेश चौधरीमाथि आक्रमण, दोषीलाई कारवाहीको माग

धनगढी, २७ साउन । टीकापुरका पत्रकार गणेश चौधरीलाई गएराति एक समूहले आक्रमण गरेको छ । जानकी गाउँपालिका–६ जगतपुरबाट वडा नम्बर–३ स्थित घर जानेक्रममा उनलाई आक्रमण गरिएको हो ।
‘साँझ करिव ८ बजेतिर घर आउदै थियौं एक्कासी आक्रमण भयो,’ उनले भने– ‘त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौ ।’
पत्रकार चौधरीले आफू हेलमेटले गर्दा जोगिए बताए । तर साथमा रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेकाले टाउकोमा तीन टाका लागेको छ । पत्रकार चौधरीको पनि अनुहारमा चोट लागेको छ ।


पत्रकार चौधरीले आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दिने बताए । उनीहरुले किन आक्रमण गरे मैले बुझेको छैन उनले भने कुनै विवाद पनि थिएन ।
टीकापुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अरुण बमले घटना बारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरु राति घट्नास्थलमा पुग्दा आक्रमणकारीहरु भागेको बताए ।


यसैबिच घटनाप्रति ध्यानाकार्षण जनाउदै नेपाल पत्रकार महासंघ कैलाली शाखा र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले पनि घटनाको घोर भत्र्सना गर्दै घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कडा कारवाहीका लागि जोडदार माग गरेका छ । नेपाल पत्रकार महासंघका कैलाली सचिव मीन ठकुरी र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली अध्यक्ष लखन चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कडा कारवाहीको माग गरिएको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio