अबिरल बर्षाले नदिको वहाब बढे संगै आम्दानीको स्रोत बनेको छ

१६ श्रावण २०७७, शुक्रबार
अबिरल बर्षाले नदिको वहाब बढे संगै आम्दानीको स्रोत बनेको छ

धनगढी,१६ सावन ।

अबिरल बर्षाले नदिको वहाब बढे संगै आम्दानीको स्रोत बनेको छ । खाने मुखलाई जुङ्गाले छेक्दिैन भन्ने भनाइ हामीसबैले किताबमा पढेका छौ । तर यो कुरालाई धनगढी उपमहानगर पालिका वडा नं. १६ घुरही कि एकजना महिला सृजाना चौधरीले सावित गरेर देखाइन ।

उनी लगायत सिताराम चौधरी गरी तिन जनाले धनगढी उपमहानगर पालिका वडा नं. १६ भदा गाउ र कैलारी गाउपालिका सिमरहना जोडिने नदिमा पुल नहुदा उक्त ठाउँवाट आवत जावत गर्ने यात्रुहरुलाई नदि आरपार गराएबाफत रुपिया लिने गरछिन । डलफको ३,४ वटा टियुवको माथिबाट काठको पटरा राखेर डोरीले बाँधेर नाउ बनाइन्छ बताइन।

नदिमा ठुलो पानी परेको वेलामा साइकल , मोटरसाइक पैदल यात्रुहरुलाई नदि आरपार गराउदा प्रति व्यक्तीको रु २५ , मोटरसाइकलको रु ५० लिने गरेको वताइन सृजना चौधरी ।उनी संग रहेको अर्का सिताराम चौधरीले भने बढी आएको बोला २ देखि ३ हजार सम्मा अाम्दानी हुन सक्छ भनेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio