ललझाडि गापामा धामाधम वडा कार्यालयको उदघाटन हुदै

ललझाडि गापामा धामाधम वडा कार्यालयको उदघाटन हुदै

नरेश राना /लालझाडि,१ सावन

कञ्चनपुरको लालझाडि गाउपालिकामा एकै दिनमा दुईबटा नवनिर्मित वडा कार्यालयको भवन उदघाटन भएको हो । लालझाडी गाउपालिका विकासको आधारमा कञ्चनपुरको दुर्गम मानिने गाउपालिका हो । कार्यालयको समुदघाटन पछि लालझाडि गाउपालिका बडा नं. २ र ४ को वडा कार्यालय आपनै भवनबाट कामकाग हुनेभयो ।

नव निर्मित दुवै वडा कार्यालको भवनको प्रमुख अतिथी गाउपालिकाका अध्यक्ष मदनसेन बडायक रहनु भएको थियो ।भने विशिष्ट अतिथि गाउपालिकाका उपाध्यक्ष सत्यदेवी महर रहनुभएको थियो । यसै गरी वडा नं. ४ को शुभकामना मन्तव्या लालझाडि ४ का वडा सदस्य रेवती ओड महरले गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथीले लालझाडि गाउपालिकामा ६ वटा बडा कार्यालय मध्य दुईको उदघाटन आज भयो भने केहि दिनमा दुइवटा वडाकार्यालयको उदघाटन हुने जानकारी दिनुभयो ।

योजनाको रुपमा लालझाडि गापामा हुने विकाशमा हामी सबै पार्टिका कार्यकर्ता मिलेरा विकासमा सहयोग गरौ कसैको विरोध नगरी हाम्रो लालझाडिमा छिटै विकाश हुने बताउनु भयो । सथै अबको केहि दिनमै लालझाडि गाउपालिकाम प्रविधिक शिक्षा पनि लागु हुने गा.पा. अध्यक्षले जानउनु भयो । वडा कार्यालयको समुदघाटानमा सबै वडाका वडा अध्यक्षहरुले शुभकामना दिुनुभयो । वडा नं. ४ को कार्यक्रम शिक्षक डवल ब.रानाले सञ्चालन गर्नुभएको थियो भने वडा नं. २ को कार्याक्रम सचिब झुसराम सार्किले संचालन गर्नुभएको थियो ।

विज्ञापन