धनगढी , २९ असार ।
ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख, शिक्षा विद् ,शैक्षिक अभियन्ता धर्मदेव भट्ट सुदूर पश्चिम साहित्य समाजद्वारा हरेक वर्ष प्रदान गरिने जसुदा शिक्षा पुरुस्कारबाट सम्मानित हुने भएका छन् । यस पुरुस्कारको राशी रु ११ हजार रहेको छ ।सुदूर पश्चिमाञ्चल साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने आएका विभिन्न विधा र क्षेत्रका पुरुस्कार यस वर्ष पनि विभिन्न व्यक्तिहरुलाई प्रदान गरिने भएको हो ।
समाजले विभिन्न २० वटा पुरुस्कार पाउने व्यक्तित्वहरु बारे गरेको निर्णय गरेको हो । उक्त पुरस्कार वारे सुदूर पश्चिमाञ्चल साहित्य समाजले महासचिव हरिकृष्ण कठायतदले विज्ञप्ती मार्फत सार्वजनिक गर्नुभएको हो । समाजबाटै हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कारबाट क्याम्पस प्रमुख भट्टलाई नगद सहित, सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिनेछ । क्याम्पस प्रमुख भट्टको सुदूरपश्चिमको शैक्षिक एवं सामाजिक विकासमा महत्वपूर्ण योगदान रहदै आएको छ ।