डा.आरजुद्धारा ३ लाखको कोरोना स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

२९ असार २०७७, सोमबार
डा.आरजुद्धारा ३ लाखको कोरोना स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

धनगढी,२९ असार ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपालकी केन्द्रीय अध्यक्ष एंव बरिस्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले सुदूरपश्चिममा कोराना भाईरसको संक्रमणको न्युनिकरणका लागि सुदूरपश्चिममा लाखौको स्वास्थ्य सामाग्री र अति विपन्न गर्भवती र सुत्केरी महिलालाई राहत सहयोगको कामलाई निरन्तरता दिदै आईरहनुभएको छ ।

महासंकी केन्द्रीय अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले सोमवार कैलाली जिल्लाका ५ वटा अस्पतालका प्रसुति गृहलाई करिब ३ लाख बराबरको कोरोना रोकथाम स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको छ । सूदूरपश्चिमका जनतालाई कोराना भाईरसको संक्रमणबाट बचाउन र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको काग्रेस नेतृ एंव संजालकी केन्द्रीय अध्यक्ष आरजु राणा देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ । कैलालीका ५ वटा प्रसुती गृहमा हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई १० सेट,सेनिटाईजर ३० लिटर ,थरमल गन ५ वटा,पन्जा १००० पिस,पेपर मास्क ११०० पिस,एन ९५ मास्क ६६ पिस,हातधुने साबुन १५० वटा,स्यानेटरी प्याड ४८० वटा र फिससिल्ड १२ वटा रहेका छन् ।

टिकापुरमा उक्त सामाग्रीहरु एक कार्यक्रमका विच टिकापुर नगरपालिकाकी उपप्रमुख केशरी विष्टले टिकापुर अस्पतालका मेडिकल सुपरिटेन्ड डा.जितेन्द्र कडेललाई हस्तान्तरण गर्नुभयो भने मालाखेती अस्पतालमा स्टाफ नर्स सिर्जना चौधरी,चौमाला प्राथमिक केन्द्र प्रमुख डा.दिनेश उपाध्याय,भजनी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा.भगवान श्रेष्ठ र लम्की चुहा अस्पतालका प्रमुख डा.प्रकाश तिमिल्सेनालाई हस्तान्तरण गरिएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio