काठमाडाैं ,२८ असार,
शहरी विकास मन्त्रालयको बाढी पहिरोमा परी घर गुमाएका तथा खर र फुसका छाना भएका घरलाई प्रतिस्थापनका लागी यसै आ.व. ०७७/७८ को बजेट बक्तब्यमा सुरक्षित नागरिक आवास कार्यक्रमको व्यवस्था गरिएको छ ।
यस कार्यक्रम अन्तर्गत देशै भरि ३ बर्षमा १ लाख ५० हजार यस्ता सुरक्षित घर निर्माण गर्ने योजना रहेको छ । कैलाली क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य नारद मुनी रानाको पहलमा यस कार्यक्रमको पहिलो बर्षमा धनगढी उपमहानगरपालिका अन्तर्गत यस्ता ४१९ घरधुरी र कैलारी गा पा वार्ड न. ६,९ अन्तर्गत ३५९ घरधुरी गरी जम्मा ७७८ घरधुरी निर्माण हुने निर्णय भएको जानकारी माननिय ज्युका स्वकिय सचिब कमल सिंह रानाले जानकारी दिए ।