धनगढीमा प्रधामन्त्री ओलीको पक्षमा प्रदर्शन

धनगढीमा प्रधामन्त्री ओलीको पक्षमा प्रदर्शन

धनगढी , २४ असाड । केपी ओलीको नेत्तृत्वको सरकार ढाल्ने खेल सुरु भएको भन्दै धनगढीमा युवाहरुले त्यसको विरोध गरेका छन् ।सरकार ढाल्न पाइदैन भन्दै आज बुधबार धनगढीका युवाहरुले हातमा प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।

युवाहरुले बोकेका प्लेकार्डमा ‘आजलाई हैन, पाँच बर्षकै लागि केपी ओलीको सरकार, ‘सम्वृद्ध नेपालका लागि केपि ओली नेतृत्वको सरकार, भन्दै युवाहरुले क्याम्पसरोड चोकदेखि पार्कमोडसम्म ¥याली निकालेका हुन् ।
¥यालीपछि पार्कमोडमा सहभागी नेत्र मैनालीले केपी ओली नेतृत्वको सरकार छोटो समयमा देशमा परिवर्तनका सूचक देखाउन सफल भएको, भारतले मिचेको भूमी फिर्ता ल्याउने साहसिक कदम चालेको र नागरिकता विधेयक मार्फत विदेशीलाई नागरिकता बाँड्ने खेल रोक्ने जस्ता काम गरेका कारण केपी ओली सरकारको सर्मथन गरिएको बताए । उनले जनआदेश केपिको नाममा आएका कारण पाँच बर्षको प्रधानमन्त्री कार्यकाल पनि केपीले सम्हाल्नु पर्ने बताए ।

विज्ञापन