धनगढी उप–महानगरपालिकाद्धारा पिसिआर लागि स्वाव संकलन

१९ असार २०७७, शुक्रबार
धनगढी उप–महानगरपालिकाद्धारा पिसिआर लागि स्वाव संकलन

धनगढी, १८ असार
धनगढी उप–महानगरपालिकाले पिसिआर परीक्षणका बिहीबार लागि स्वाव संकलन गरेको छ ।
नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र बेलीमा स्वाव अंकलन भैरहेको छ । उप–महानगरपालिकाले बिभिन्न वडामा क्वारेन्टिन बनाएर राखेका ब्यक्तिहरुको कोरोना पाँच गरिरहेको छ । कोरोना पोजेटिभ देखिएकाहरुलाई उप–महानगरपालिकाले आफ्नै आईसोलेशनमा राख्ने गरेको नगरप्रमुख नृपबहादुर वडले बताए । पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ भन्ने हाम्रो सुरु देखिकै माग हो नगरप्रमुख वडले भने, अहिले क्वारेन्टीनमा रहेकाहरुको परीक्षण गर्दै छौं, सम्भवन भएसम्म नमुनाको रुपमा संक्रमितको सम्पर्कमा रहेका ब्यक्तिहरुको पनि गर्ने छौं ।

RanaTharu


धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले किटहरुको अभावका कारण चाहेर पनि धेरै ब्यक्तिको पिसिआर परीक्षण हुन नसकेको बताए । उनले भने, अव दायरा बढ्छ ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य अधिकृत लक्ष्मीराज उपाध्यायले बिभिन्न क्वारेरिन्टनमा रहेका ६५ जनाको स्वाव संकलन संकलन हुने बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio