रुकुम घटनाका अपराधीलाई सरकारको संरक्षण ः नेता डाः रावल

१९ असार २०७७, शुक्रबार
रुकुम घटनाका अपराधीलाई सरकारको संरक्षण ः नेता डाः रावल

धनगढी,१९ असाड ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डाक्टर रण बहादुर रावलले रुकुम घटनाका दोषीलाई सरकार आफै बचाउन लागेको आरोप लगाएका छन् । उनले वर्तमान सरकार असफल भएको दावी समेत गरेका छन् । मुक्तिका लागि साझा अभियान सुदूरपश्चिम प्रदेशले आज जिल्ला प्रशासन कार्यालय कैलालीको मुख्य प्रवेशद्धारमा दिएको सडक धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन् ।प्रमुख अतिथी रहेका डाक्टर रावलले अहिलेको सरकार जनताका कार्य भन्दा आफ्नो स्वार्थ र फाइदाको लिप्ततामा लागेको आरोप लगाए। संविधान निर्माण गर्ने र बनाउने नेताबाट नै ऐन, नियमको उल्लघन भएको उनले बताए ।उनले रुकुम चौरजहारीमा भएको घटनाका लागि आफु र आफ्नो पार्टीको साथ समर्थन रहेको प्रतिवद्धता व्यक्त गरे। सरकार जनाको पक्षमा छैन, उनले भने, ‘राज्यले जातियताका नाममा विभेदकारी कार्य गरेको छ।’ जनतालाई शान्ति, सुरक्षा र न्याय नदिने सरकारको काम नभएको उनले बताए।त्यस्तै कार्यक्रमममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य लछीराम आचार्यले रुकुम चौरहजारी भएको घटनाका दोषिलाई तत्काल सरकारले कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले दलितले प्रेम गरेर हत्या भएको मात्र नभएर गैरदलितको समेत हत्या हुँदा राज्य कारवाहीको सट्टा उदासीन देखिएको आरोप लगाए।विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले जातिय र छुवाछुतको अन्त्यका लागि आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताए।

hatya
RanaTharu

उनले भाषण गरेर मात्र नहुने भएकाले छुवाछुतका नाममा भएको आडम्वरलाई बाहिर ल्याएर घरबाट सुरुवात गर्न आग्रह गरे।मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीको सभापतित्वमा सम्पन्न भएको सडक धर्ना कार्यक्रममा महिला मानव अधिकार सञ्जालकी केन्द्रीय सदस्य निर्मला बागचन, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र टेलर, जनता पार्टी समाजका गयाप्रसाद कुश्मी, तरुण दलका केन्द्रीय प्रतिनीधि तथा युवा नेता अमृत विसी,मानवअधिकार संरक्षण मंचका प्रदेश सचिव राजेन्द्र रैका,मुस्लिम समाजकी मायानिगार अन्सारी लगायतको उपस्थिति रहेको थियो।

Wedding Story advertisement Of Jems Movies & Photo Studio