पहलमानपुर–लालबोझी सडकको दुर्दशाले जनतालाई सास्ती,जनप्रतिनिधी मुखदर्शक, सडकमै लडे वडाध्यक्ष

१९ असार २०७७, शुक्रबार
पहलमानपुर–लालबोझी सडकको दुर्दशाले जनतालाई सास्ती,जनप्रतिनिधी मुखदर्शक, सडकमै लडे वडाध्यक्ष

धनगढी,१९ असाड ।

कैलालीको पहलमानपुर–लालबोझी सडक खण्डमा दैनिक रुपमा यातायातका साधान घण्टौ सम्म फस्ने गरेका छन् । घोडाघोडी नगरपालिका १०,११ र १२ जोड्ने यो सडक खण्डको हालत देख्दा जो कोही पनि दोश्रो पटक उक्त सडकको यात्रा गर्न नपरोस भन्ने लाग्छ ।ठूला–ठूला मालवाहक टिपर र ट्याक्टरहरु दैनिक सयको संख्यामा आवातजावात गर्दा उक्त राजमार्गको धेरै ठाऊँमा ठूला–ठूला खाल्डो परेको घोडाघोडी नगरपालिका (११ का प्रकाश बुढाले बताए । सडकमा ठुला (ठुला खाल्डाखुल्डी हुँदा आफ्ना सानासाना बालबालिका डुब्ने हुन कि भन्ने चिन्ताले सताएको स्थानीय बुढाले बताए ।यात्रुहरु भनेको समयमा गन्तब्यमा पुग्न नसक्ने गरेको अटो चालक सहदेव चौधरीले बताए । उनले कोहि बिरामी हुँदा एम्बुलेन्स समेत आउन नमिल्ने सडक भएको बताए । उनले भने गाउँमा कोहि बिरामी भयो भने ठुला खाल्डाखुल्डीले गर्दा एम्बुलेन्स समेत आउन पाउदैन । आफुहरुले अटोमा लगेपनी अटो पल्टिने डरले बिरमीलाई बोकेर खाल्डाखुल्डी तर्नुपर्छ ।

RanaTharu

’सडक हिलाम्य भएपछि आवतजावतमा निकै सास्ती भएको स्थानीय पहाडी लाल कुश्मीले बताए । बाटोको यस्तो दुर्दशा भइ वडा अध्यक्षलाई पटकपटक जानकारी गराउदा समेत सुनुवाइ नभएको दुखेसो पोखे ।घोडाघोडी नगरपालिका वडा नं ११ का अध्यक्ष दानसिंह जोगिले बिहीबारदेखि काम सुरु भएको बताए । उनले बल्लतल्ल नगरपालिकाले ५ लाख बजेट छुट्याएर काम सुरु गरेको बताए । उनले लालबोझी सडकखण्ड को लागि शहरी विकास मन्त्रालयले उक्त सडकको लागि ३० करोड विनियोजन गर्ने भनेपनी नगरेर धोका दिएको बताए । उनले उक्त सडक बनाउनको लागि नगरपालिकाले डिपिआर तयार गरि सहरी विकास मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई बुझाएपनी अर्थ मन्त्रालयले अहिलेसम्म टेन्डर ननिकालेको बताए । उनले भने लालभोझी सडख खण्डको डिपिआर तयार भएको छ ।तर नगर प्रमुखले पहल कदामी गर्नु भएको छैन ।यता घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले पहलमानपुर – लालबोझी सडक खण्डमा मर्मत गर्नको लागि कोटेसन मार्फत जेवि निर्माण सेवा पहलमानपुरलाई ५ लाखको ठेक्का दिएको बताए । उनले बिहीबारदेखि काम सुरु गरेको र छिट्टै नै आवतजावतमा सहज हुने जानकारी दिए ।वडाध्यक्ष दानसिह जोगी आफै लडे घोडाघोडी नगरपालिका ११ को कार्यालय पहलमानपुर–लालबोझी सडक खण्डमै छ ।

वडा अध्यक्ष दानसिंह जोगी घर फर्किने क्रममा बुधवार राति सोही सडक खण्डमा लडेको स्थानीय पहाडी लाल कुश्मीले बताए ।ठुला (ठुला खाल्डाखुल्डीले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नै नभएको ’ वडा अध्यक्ष जोगीले बताए । उनले भने सडकमा ठुला खाल्डा छन् । बुधवार त म आफैँ पनि सोही सडक खण्डमा लडेर सामान्य चोट लागेको छ ।’ पटकपटक नगरपालिकालाई आग्रह गर्दा बल्ल ५ लाख आइ बिहिवारबाट काम सुरु भयो । नपुगेपछी वडाबाट पनि २र३ लाख रुपैयाँ हालेर हिड्न मिल्ने बनाउने हो ।’सडक हिलाम्य भएपछि बल्लतल्ल मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन नसकेको स्थानीय गया प्रसाद गया प्रसाद कठरियाले जानकारी दिए । चौधरीले बुधबार उपचारका लागि धनगढी अस्पताल जानको लागि पहलमानपुर जादै गर्दा अटो दुर्घटनामा परि ४ जना विरामी घाइते भएको बताए । कालोपत्रेका लागि सहरी विकास मन्त्रालयलाई डिपिआर गरेर पठाएको सुनिएपनि अहिलेसम्म चासो नदिएको दुखेसो पोखे

Wedding Story advertisement Of Jems Movies & Photo Studio