बेलाैरी ,१६ असाड ।
“धानउत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि” नारा सहित बेलौरी नगरपालिकाको कृषिविकास शाखाले शु–शान्ति कृषि सहकारी संस्था लि.को सहकार्यमा ७ नं वडा, पौलाहामा१७औँ धानदिवस तथा रोपाई महोत्सव सम्पन्न गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण कार्यक्रमआयोजना गर्ने या नगर्ने अन्यौलताकाबीच नेपाल सरकारले यो मुख्यतःकिसानकानिमित्त ठूलो चाडपर्व जस्तो भएकोले उपयुक्त सामाजिक दुरी र विशेष स्वास्थ्यका सावधानीअपनाउदै यो दिवस मनाउने स्विकृति दिएसँगै कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बेलौरी नगरपालिका मेयर, उपमेयर, कृषिविकास शाखाकाप्रतिनिधि, बेलौरी न.पा. ३, ७ र ८ का वडा अध्यक्ष, विभिन्न संघसंस्था, सहकारी संस्था, पत्रकार तथाकिसानवर्गको उपस्थितीमा यो कार्यक्रम समापनभएको छ ।जनघनत्व बढेसँगै ठीक विपरीत कृषिकार्य घटेको हुँदाउन्नतजातकाधानबालीतथा तरकारीबालीलगाई आत्मनिर्भरता बढाउनपर्ने मेयर, उपमेयर लगायतकाअतिथिहरुको मत थियो ।
यसैबीच सो कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संस्था९ल्ल्क्ध्ब्०को पनिअतिथिको रुपमाउपस्थितीथियो ।कृषि शाखाबाट यसवर्ष संघसंस्थाकाप्रतिनिधीलाई समेट्न नसक्नुमा कोरोनालाई कारक मान्दै आउने वर्षबाट भने सहकार्यमा यस्ता कृषिकार्यक्रममनाउनपर्ने जीकिर थियो ।