धनगढी, १६ असार
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले कोरोना भाइरस कोभिड १९ को संक्रमण हुन नदिन होसपूर्ण सतर्कता आवश्यक भएको बताएकी छन् ।
मंगलबार धनगढी उप–महानगरपालिका, हेल्भेटास र ट्रेस प्रा.ली.ले सुरक्षित आप्रवासन परियोजना अन्तगत आयोजना गरेको कोभिड १९ मा स्वास्थ्यकर्मीहरुलाई प्राथमिक मनोवैज्ञानीक सेवा सम्वन्धी अभिमूखीकरण कार्यक्रममा बोल्दै उप–प्रमुख भट्टले यस्तो धारणा राखेकी हुन ।
डरले सतर्कता अनाउदैमा होस पूर्ण हुन सक्दैन उप–प्रमुख भट्टले भनिन् , त्यसैले मैले मास्क लगाएकी लगाएन, हात धोएकी धोएन , कतै कोरोनाको जिखिम हुने कुरा पो छोएकी भन्ने जस्ता कुराहरुमा होस पु¥याउनुपर्छ । उप–प्रमुख भट्टले जटिल अवस्थामा सेवा गर्ने कुरो ठूलो भएपनि सतर्कताका साथ काम गर्नु राम्रो हुने बताईन ।
उप–प्रमुख भट्टले कोभिडको रोकथाम, चेकजाँचमा खटिएका स्वास्थ्यकर्मीहरुमा मनोबैज्ञानकि प्रभाव परेको बताईन । सबैतिर यसले प्रभाव पारेको छ ।