सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

धनगढी उप–महानगरपालिका वडा नं ११ को कार्यालय भवन शिलन्यास

धनगढी उप–महानगरपालिका वडा नं ११ को कार्यालय भवन शिलन्यास

धनगढी, १५ असार
धनगढी उप–महानगरपालिका वडा नं ११ को वडा कार्यालय भवनको सोमबार शिलन्यास गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको शिलन्यास गरेका हुन । ८५ लाख भन्दा बढीको लागत स्टीमेटमा निर्माण भैरहेको वडा कार्यालय भवन एक बर्ष भित्रै निर्माण सम्पन्न हुने गरि ठेक्का सम्झौता गरिएको छ ।
नगरप्रमुख नृपबहादुर वडले १९ वटा वडा कार्यालयहरु मध्य अधिकांस वडाको भवन निर्माण सम्पन्न भैसकेको बताए । बाँकी वडाको वडा कार्यालय भवन पनि निर्माण कार्य आफ्नो कार्यकाल भित्रै सम्पन्न गरिने नगरप्रमुख वडले बताए । वडा कार्यालय ब्यबस्थीत नभए सम्म वडा तहको कार्य सम्पादन ब्यबस्थीत हुन सक्दैन नगरप्रमुख वडले भने, त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं ।