कैलालीको लालबोझीमा सशस्त्र प्रहरी बलको (बीओपी) सीमामा स्थानान्तरण

१५ असार २०७७, सोमबार
कैलालीको लालबोझीमा सशस्त्र प्रहरी बलको (बीओपी) सीमामा स्थानान्तरण

धनगढी,१५ असार ।

कैलालीको भजनी नगरपालिकाको लालबोझीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बीओपी०आइतबार सीमा नाकामै स्थानान्तरण भएको छ । कैलालीको मध्य दक्षिणी क्षेत्रको भजनीमा भारतसँग धेरै आवतजावत हुने भजनी नगरपालिका वडा नम्बर ५ मा रहेको गुलरिया घाटमा सशस्त्र प्रहरीको बीओपी स्थानान्तरण भएको हो । सशस्त्र द्धन्द्धकालमा स्थापना भएको सशस्त्र प्रहरीले शान्ति स्थापनापछि सीमा सुरक्षाको समेत जिम्मा पाएपछि २०६५ मा कैलालीको मध्य दक्षिणी क्षेत्रमा सीमा सुरक्षा लागि भजनी बजार क्षेत्रमा सशस्त्रको बीओपी स्थापना गरिएको थियो । कोरोना भाइरसको प्रकोप बढेपछि सीमामा सशस्त्रको उपस्थिति बढाउने सरकारको निर्णयसँगै बजारमा रहेको बीओपी सीमामा स्थानान्तरण भएको हो ।

कोरोनाको कहर शुरु भएपछि भजनी नगरपालिकाको कुसुमघाट र हलौना घाटमा सशस्त्र प्रहरीका दुई बीओपी स्थापना भैसकेका छन् ।स्थानान्तरण कार्यक्रममा सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले सीमामा खटिएको सशस्त्रको टोलीलाई श्रोत साधनमा कुनै कमी नरहने उल्लेख गर्दै स्थानीय वासिन्दाको सहयोग आवश्यक रहेको बताए ।नेकपाका नेता एंव संविधान सभा सदस्य हरि श्रीपाइलीले निकै लामो प्रयास पछि सशस्त्रको बिओपी स्थापना गर्न सफल भएकाले अब सीमाको सुरक्षाका साथै स्थानीय वासिन्दाको सहजतामा पनि सीमामा खटिने प्रहरीले ध्यान दिन आवश्यक रहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बीओपी स्थानान्तरण भएकै ठाउँमा भन्सार कार्यालय स्थापनाका लागि आफुले पहल गर्ने बताए । भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले सुरक्षामा खटिने प्रहरीका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेका बताए ।सशस्त्र प्रहरी बल ३४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कमल तिउसिनाले सीमामा सशस्त्रको उपस्थिति बढेसँगै सीमामा अवैध कारोवारमा कमी आएको बताए

Wedding Story advertisement Of Jems Movies & Photo Studio