धनगढी , ११ असाड ।
बिश्वा कोविड १९ को कारणले देशमा कोरोना विरामिको संख्या बढदै गइरहेको अवस्थामा रानाथारुहरुले मनाउदै आएको असाडि पुजा पुर्णरुपमा प्रभावित भएको छ ।
असाड महिनाको औसी पछि पहिलो दिन सोमबार या विहिबारका दिन यो पर्व मनाइन्छ । यो बर्ष औसी पछिको पहिलो दिन सोमबार परेको थियो तर सोमबारको दिन प्रतिपदा पर्न गएकोले रानाथारुले प्रतिपदा ( परेवा ) को तिथीमा कुनै शुभ कार्य गर्दैन भनेर यस वर्षको असाडि पुजा विहिबार गर्ने भनेर रानाथारुहरुको जातिय संस्था नेपाल रानाथारु समाजले अधिकारिक रुपमा विज्ञप्ती नै निकालेर विहिबारको दिन सबैले असाडि पुजा गर्ने भन्ने सबैमा अनुरोध गरेको थियाे। त्यसको बाबजुत पनि केहि गाउँमा असाड महिनामा कामको चटारोले गर्दा जेठ महिनामा पनि मनाउने गरेको भने धनगढी उपमहानगर पालिका ७ देवहरिया गाउका भलमन्सा जगन्नाथ रानाले बताएका छन ।
त्यसैगरी मनेहरा गाउका समाज सेवी भंगी रानाले यो बर्ष असाडी पर्व असाड महिनाको पहिलो शुभ दिन ११ गते बिहिबार परेकोले यसै दिन मनाउने भनेका छन ।
नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपाराम रानाले सबैलाई असाडि पर्वको शुभकामना दिएका छन । त्यसै गरि धनगढी उपमहानगर पालिका ७ का वडा अध्यक्ष सिताराम रानाले भुइयाँ सुरक्षर्थको लागि यो आ.ब. २०७७ को कार्यक्रममा नै बजेट विनियोजन गरेको कुरा जानकारि दिएका थिए ।
असाडि पुजाको बारेमा गाउको मुल गुरुवा – गौटेहरा सियाराम राना ले यो पर्व हाम्रो रानाथारु समुदायमा धेरै पहिले देखि मनाउदै आएका छौ जतिबेला यो ठाउमा बिभिन्न किसिमको काइली , रोग , महामारी आदिबाट बचनका लागि यो पुजा गर्दै आएको बताएका छन ।