धनगढी उप–महानगरले २८ बेडको आईसोलेशन संचालनमा ल्यायो

११ असार २०७७, बिहीबार
धनगढी उप–महानगरले २८ बेडको आईसोलेशन संचालनमा ल्यायो

धनगढी, ११ असार
कोरोना संक्रमितहरुको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ ।
कोरोना संक्रमितको संख्या बढेकाले उप–महानगरपालिकाले आईशोलेसन संचालनमा ल्याएको हो । उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आईसोलेशनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको छ । संक्रमितहरुलाई आईसोलेशनमा राखेर उपचार गर्न थालिसकेका छौं नगरप्रमुख वडले भने, आवश्यकता अनुसार बेड थप गर्ने योजना छ । अहिले संचालनमा ल्याएको आईसोलेशनमा १ सय ५० वेड सम्म बनाउन सकिने नगरप्रमुख वडले बताए ।
प्रदेशको कोरोना अस्पताल भनिएको सेती प्रादेशीक अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड रहेका छन् । प्रदेशभरीका संक्रमितहरुको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, त्यसैले पनि धनगढीलाई आईसोलेशन निर्माणको हतारो भएको हो । धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।
धनगढी उप–महानगरपालिका भित्र मात्रै ६५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्य २ जनालाई सेती प्रादेशीक अस्पतालमा राखेर उपचार भैराखेको छ । ७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् । धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले जटिल अवस्थामा रहेकाहरुलाई मात्रै आईसोलेशनमा राखेर उपचार गरिने बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio