धनगढी,७ असाड ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीले लम्की स्थिती क्वारेन्टाईनमा भएको सामूहिक बलात्कार घटना प्रति गभ्मीर ध्यानाकर्षण भएको जनाउदै दोषीलाई कडा कारवाहीको माग गरेको छ । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) कैलालीकी अध्यक्ष ममता शाहले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दे कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाको शनिबार मध्यरातमा सामूहिक बलात्कार घटनाले स्तब्ध बनाएको जनाउदै घटनाको सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संग्लग्न अपराधिहरुलाई हदै सम्मको कानुनी कारबाहीका लागि सरकार संग जोडदार माग गरेकी छन् । सरकारको प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टाइनमा समेत महिला असुरक्षित हुन्छन् भने अन्यत्रको अबस्था कस्तो होला रु यस्तो दानबीय प्रवृत्तिलाई सिङ्गो मुलुकले नै तिरस्कार गर्दै अपराधीलाई कडा कानुनी कारवाही गरी पिडित महिलालाई उचित न्याय,क्षेतीपूर्ति र उनको सामाजिक सुरक्षा र सम्मानमा विशेष ध्यान दिनुपर्दछ विज्ञप्तीमा भनिएको छ । त्यस्तै अध्यक्ष शाहले कोभिड- १९ को यस्तो विषम परिस्थितिमा महिलाहरु माथि श्रृङखलाबद्ध रुपमा बलात्कारका र हिंसाका घटनाहरु घटिरहेकाले उनीहरुको सामाजिक सुरक्षा र संवेदनशिलतालाई मध्येनजर गरी महिलाहरुका लागि बेग्लै क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्न,गर्भवती र सुत्केरी महिलाहरुको लागि पनि विशेष व्यवस्था सहित बेग्लै क्वारेन्टिनको ब्यबस्थापन गर्न विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।