तीन दिन भित्रै धनगढी उप–महानगरको आईसोलेशन संचालनमा आउने

५ असार २०७७, शुक्रबार
तीन दिन भित्रै धनगढी उप–महानगरको आईसोलेशन संचालनमा आउने

धनगढी, ५ असार
धनगढी उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिरहेको आईसोलेशन तीन दिन भित्रै संचालनमा आउने भएको छ ।
चाडोभन्दा चाडो संचालनमा ल्याउनका लागि रातदिन काम गरिरहेका छौं धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, तीन दिन भित्र सबै काम सम्पन्न गरेर संचालनमा ल्याउँछौं । धनगढी उप–महानगरपालिका क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत निर्माण भएको खाली भवनमा अहिलेलाई झण्डै २८ शैयाको आईसोलेशन तयारीको चरणमा पुगेको छ । १ सय ५० भन्दा बढी बेडको आसोलेशन बनाउन सकिने ठाउँ आफुहरु संग रहेको बताउदै नगरप्रमुख वडले भने, धनगढी नगरका कोरोना संक्रमितहरुलाई उपचार गर्न आवश्यक पर्ने जती सैया राख्छौं ।
यस आईसोलेशन भवनमा धनगढी उप–महानगरपालिका भित्रका कोरोना संक्रमितहरुको मात्रै उपचार गरिने नगरप्रमुख वडले बताए । सेती प्रादेशीक अस्पताललाई प्रदेश सरकारले कोरोना अस्पतालको रुपमा तयार गरेपनि संक्रमितहरुको संख्या बढेकाले आईसोलेशनमा राख्नपर्ने बिरामीले पनि ठाउँ पाएका छैनन् नगरप्रमुख वडले भने, सबै स्थानीयतहले आफै आईसोलेशन कक्ष बनाउन सकेमा त्यहाँको चाप घट्न सक्छ ।
उप–महानगरपालिकाले तयार गर्न लागेको आईसोलेशनमा सैयाहरु मिलाउने, बिजुलीबत्ति र उपकरणहरु जडान गर्ने काम भैरहेको नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले आईसोलेशन भित्र महिलाका लागि छुट्टै कक्ष तयार गरिएको बताईन । पुरुष र महिलाका लागि फरक फरक कक्षहरु छन् उप–प्रमुख भट्टले भनिन् , यस बिषयमा हामी संवेदनशील छौं । धनगढी उप–महानगरपालिकाले महिलाका लागि छुट्टै क्वारीन्टाईन बनाएको पनि उप–प्रमुख भट्टले स्मरण गराईन ।
धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण बरालले आईसोलेशन कक्षहरु निर्माणको काम भैरहेको बताए । प्रदेश सरकारले सुरुमै गेटा मेडिकल कलेजलाई कोरोना अस्पतालको रुपमा तयारी गरेको भए अहिले अवश्यकता अनुसार आईसोलेशन कक्ष त्यही थप गर्न सकिन्थ्यो संयोजक बरालले भने, बिरामीको चाप भैरहने सेती प्रादेशीक अस्पताललाई कोरोना अस्पताल बनाउँदा संक्रमितहरुको उपचारमा समस्या भएको हो । गेटा मेडिकल कलेजमा ५ सय भन्दा बढी आईसोलेशन कक्ष बनाउन सक्ने ठाउँ छ बराले भने, त्यहाँ सुरुमै बनाएको भए प्रदेशभरी नै आईसोलेशनको समस्या हुने थिएन । अहिले स्थानीयतहरु समस्यामा रहेको उनले बताए ।
आईसोलेशनमा मानविय सेवामा अनेकौ प्रयासको सहयोग
यसै क्रममा मानविय सेवामा अनेकौ प्रयास संस्थाले आईसोलेशनका लागि आपतकालिक राहत सामाग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष भक्तराज जोशीले आईसोलेशनमै पुगेर २५ थान बेडिङ्ग म्याट्रेस, ५० थान सुपानेट झुल, २८ थान तन्ना, २८ थान तकिया उपलब्ध गराएको हो । जोशीले नगरप्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट र नगर कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बराललाई सामाग्री हस्तान्तरण गरेका हुन । उनले आवश्यकता अनुसार सहयोग गर्ने बताएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio