सुदूरपश्चिम प्रदेशले ल्यायाे ३३ अर्व ३८ करोड बजेट

सुदूरपश्चिम प्रदेशले ल्यायाे ३३ अर्व ३८ करोड बजेट

धनगढी, १ अषाड ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ का लागी कुल ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक बर्ष २०७७/०७८ का लागी ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको हो ।

कुल बजेट मध्ये चालुतर्फ १४ अर्व १८ करोड ७८ लाख ६० हजार र पुजीगततर्फ १६ अर्व ६५ करोड ८४ लाख ८८ हजार विनियोजन गरिएको छ । यस्तै अन्तसरकारी वित्त ब्यवस्थापन तर्फ २ अर्व १३ करोड ५० लाख र वित्तीय ब्यवस्थापन तर्फ ३० करोड रकम विनियोजन गरिएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथिकमता दिईएको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ ।

विज्ञापन