दाइजो कृषि सहकारी संस्थाको समन्वयमा निशुल्क माटो परिक्षण ।

२६ जेष्ठ २०७७, सोमबार
दाइजो कृषि सहकारी संस्थाको समन्वयमा निशुल्क माटो परिक्षण ।

धनगढी,२६ जेठ ।

धनगढी उपमहानगर पालिका कृषि विकास शाखाको आर्थिक सहयोग तथा दाइजो कृषि सहकारी संस्थाको समन्वयमा यस संस्थाका शेयर सदस्यहरुको निशुल्क माटो परिक्षण गरियो ।

उक्त परिक्षणबाट किसानहरुले आफुले बालि लगाउदा उक्त माटो अम्लीयपन र क्षारीयपन माटोको उर्वरा शक्ति स्तरियता पत्ता लगाइ कुन किसिमको मलखाद राख्नु पर्ने हो र माटोको सुधार कसरी गर्ने भन्ने जानकारी हुन्छ । यस अवस्थामा किसानहरुले अन्धाधुन्द माटो प्रविधिकको रायसुझाब बिना आफ्नै तरिकाले मलखाद प्रयोग गरिरहेका हुन्छन । तसर्थ किसानहरुलाई आफ्नो खेतबारीमा कति मात्रमा कुन किसिमको मल प्रयोग गरिन्छ भन्ने कुराको जानकारी धनगढी उपमहानगर पालिका कृषि विकास शाखाका कृषि अधिकृत नर वडले जानकारी दिनुभयो ।


कार्यक्रम संस्थाको अध्यक्ष चन्द्रकिरण रानाको संयोजकत्वमा यस संस्थाका १०७ जना शेयर सदस्यहरुको नमुना परिक्षणको लागि माटो संकलन गरि निशुल्क परिक्षण गरियो । यस कार्यक्रममा सहयोग गर्ने धनगढी उपमहानगर पालिकाका पाँचौ तहका शार सिंग धामी माटो प्रविधिक लोकेन्द्र प्रसाद जैसीले माटो प्रविधिज्ञको कार्य गर्नु भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio