काठमाडाैं , २३ जेठ ।
नेपाल रानाथारु समाजको पहलमा लकडाउनमा फसेका १९ जना रानाथारु समुदायका मजदुरलाई घर पठाइयो लकडाउनमा फसेका रानाथारु समुदायका १९ जनालाई घर पठाइएको छ ।
लालझाडी गा पा कंचनपुरका ति व्यक्तिहरु नुवाकोटको बिकट ठाउँ किस्पंग गा पा मा मजदुरको रुपमा काम गर्न गएका थिए । लकडाउनले घर फर्किन नसकेका तिनीहरुलाई विविध समस्या हुदैँ आएको थियो ।
घर फर्किने विविध उपाय गरे पनि सम्भव भएको थिएन त्यस पछी उनीहरुले नेपाल रानाथारु समाजका उपाध्यक्ष कमल सि रानालाई सम्पर्क गरेका थिए । त्यस पछी संघीय सांसद नारद मुनी राना र नेपाल रानाथारु समाजका अध्यक्ष कृपा राम रानाको पहलमा तुरुन्तै बसको व्यस्थापन गरी त्यस बिकट ठाउबाट तिनीहरुलाई घर तर्फ पठाइएको जानकारी उपाध्यक्ष रानाले दिए ।