प्रदेश सकारकै कारण संघीता धरापमा, पूर्वमन्त्री सोडारी

२३ जेष्ठ २०७७, शुक्रबार
प्रदेश सकारकै कारण संघीता धरापमा, पूर्वमन्त्री सोडारी

धनगढी २३ जेठ । सुदूरपश्चिम प्रदेशका पुर्व सामाजिक विकास मन्त्री दीर्घ सोडारीले प्रदेश सरकारको गति तिब्र बनाउनु पर्ने बताएका छन् । शुक्रबार प्रदेश सभाको बैठकमा नीती तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै सोडारीले प्रदेश सरकार संघियताको पहिलो अभ्यास भएकाले जनतालाई अनुभुती हुने गरी गती तिव्र नबनाए संघियता माथिनै प्रश्न उठ्ने बताए । सोडारीले भने–‘ सरकारले तिनवटा बजेट ल्याइ सक्यो, काम भने हुन सकेको छैन् ।

आर्थिक बर्ष सकिन लाग्दा, २५ प्रतिशत बजेट मात्र खर्च भएको छ, । पुरानै प्रबृति दुई तिहाइको सरकारले दोहो¥याउनु पर्ने अवस्था कसरी आयो ?‘बजेट मात्रै ल्याएर भएन,  कार्यन्वयनको अवस्था तिर जानु पर्छ ,।’ सांसाद सोडारीले भने आगामी बर्ष लाई तिव्र गतिमा नबढाएर कछुवा गतिमा जानेहो भने‘ धेरै प्रश्नको उत्तर दिन सक्दैनौ ।

सरकारले दृढताका साथ काम गर्न नसकेकै कारण संघियाता धरापमा पर्छ, । संघियता माथि धेरै प्रश्न खडा भएका छन, । सोडारी थपे‘  नेपालमा कर्मचारी र एक खाले राजनीती नेतृत्वले संघियता लाई मनपराएका छैनन् । तिनै कर्मचारी र राजनैतिक नेतृत्वले सबै अधिकार केन्द्रीत गर्दै छन, । प्रदेश सरकारले हस्तक्षेप पुर्ण ढंगबाट बाट अघि नबढ्ने हो भने, संघियताका शुरुका शासक हामी अन्तीमका मलामी त हुँदैनौं, ।

यस्तै सोडारीले अर्को प्रशंगमा प्रदेशको नीती तथा कार्यक्रमले ईतिहासका विभुतिलाई सम्मान गर्नु पर्ने बताए ।  उनले हाम्रो प्रदेशमा इतिहासका बोकेका विभूतिहरुको नाम बाट कार्यक्रम ल्याउन सुझाब दिए । सोडारीले भने ‘ईतिहासका बिभुति लाई सम्मान गर्न सकेनौ भने, शतिmमा भएका बेला प्रयोग भएका गाडी घोडा तत्कालका लागि मात्र हुने छन , हाम्रो सम्मान पनि भविस्यमा हुने छैन, ।’

सोडारीले भने, प्रदेशमा जन्मीएका जयपृथ्वी बहादुर सिंह, पहलमान सिंह स्वाँर, द्धारीका देवि ठकुरानी, दशरथ चन्दको  नाममा कार्यक्रम लेख्न कस्ले रोक्यो ,। टिकाराम पार्की मन्दीरमा पहिलो पटक प्रवेश गर्ने दलित थिए यि सझा व्यक्तिहरुको नाम नीती तथा कार्यक्रममै ल्याउन कस्ले रोक्यो, । ‘भिम दत्त पन्तको नाम कृषिको कार्यक्रमा ल्याउँदा सम्मान गरे के विग्रिन्छ ।, सिमाका लागि लड्ने प्रेम सिंह धामीको नाम कर्यक्रममा लेख्दा के विग्रन्छ ।

थारु समुदायको स्थापीत नाम चक्र डगौरा थारु युद्धको चपेटामा मारीनु भयो, । माओवादी आन्दोलनमा जोखन चौधरी पहिलो सहिद हुनु भयो, उहाँहरु लाई साझा व्यक्ति किन बनाउन नसक्ने ।  सोडारीले भने अवको बजेटमा सबैका साझा विभुतीहरुको नाम बाट कार्यक्रम ल्याउनु पर्छ ,। विरंगाना स्वाभीमानी व्यक्तिहरुको यदी सम्मान गर्न हामीले सकनौं भने हामीलाई ईतीहासले हामीलाई सम्झीने छैनन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio