स्वास्थ्यकर्मी आक्रमणको विरुद्ध कडा आन्दोलनमा उत्रने प्रदेश अध्यक्ष महरको चेतावनी

२१ जेष्ठ २०७७, बुधबार
स्वास्थ्यकर्मी आक्रमणको विरुद्ध कडा आन्दोलनमा उत्रने प्रदेश अध्यक्ष महरको चेतावनी

धनगढी ,२१ जेठ ।

डोटीकोे शिखर नगरपालिका –९ अन्तरगत दानकोट स्वास्थ्यचौकी डोटीमा कार्यरत अहेव रमेश कुवरमाथि भएको आक्रमणविरुद्ध नेपाल स्वास्थ्यकर्मी संघ डडेल्धुराले आपत्ति जनाएको छ। संघले विज्ञप्ति निकाल्दै चिकित्सकमाथि अराजक तत्वहरुले सांघातिक आक्रमण गरि गम्भीर घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। स्वास्थ्यकर्मी संघका डडेल्धुरा अध्यक्ष एवं सामाजिक अभियन्ता प्रेमबहादुर महरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘डोटी जिल्ला शिखर नगरपालिका वार्ड ७ लाटामाण्डौमा रहेका स्वास्थ्यचौकीवाट स्वास्थ्य सामग्री लिएर दानकोट स्वास्थ्यचौकीमा जादै गर्दा सोही नगरपालिका वार्ड ७ मा पर्ने वोगटा गाउँ नजिक स्वास्थ्यकर्मीले वाटोमा हिड्दा कोरना फैलिन्छ, किन यो वाटो हिडेको, तिमीहरुलाई यसरी हिडन बन्देज छ भन्दै मदिरा सेवन गरि वाटोमा हल्लिरहेका केही अराजक समुहले एक्कासी गाली गलौचका साथै ढुङगा प्रहारगरी टाउकोमा गभ्मीर चोट लागेको छ। डडेल्धुरा र धनगढी उपचार हुन नसकी हाल काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सांघातिक आक्रमणवाट घाईते भएका स्वास्थ्यकर्मी कुवरको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोसीमाथि कडा भन्दा कडा कारवाहीको माग गर्दछौ। स्वास्थ्य सेवामा खटिरहेका बेला आक्रमण गरिएका स्वास्थ्यकर्मीको सरकार पक्षवाट उपचारको समेत माग गर्दछौ।’ साथै नेपाल स्वास्थ्यकर्मी संघले अपराधीलाई उन्मुक्ती दिने र पिडितलाई न्याय नहुने खालका गतिविधीहरु भएरगरिए सम्पूर्ण स्वास्थ्यकर्मीहरु कडा आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio