कांग्रेस नेतृ डा.आरजुद्धारा पश्चिम रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाहीको माग

२० जेष्ठ २०७७, मंगलवार
कांग्रेस नेतृ डा.आरजुद्धारा पश्चिम रुकुम हत्याकाण्डका दोषीलाई कडा कारवाहीको माग

काठमाडाैँ ,२० जेठ ।

नेपाली काग्रेसकी नेतृ एंव पूर्व सासंद डा.आरजु राणा देउवाले अन्तरजातिय विवाहको विषयमा पश्चिम रुकुम चौरजहारीमा भएको हत्याकाण्डको उच्चस्तरीय संसदीय छानविन समिति गठन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ । रुकुममा नवराज विक सहितका छ जनाको दलित भएकै कारण हत्या हुुनु मानव समाजकै सबैभन्दा लज्जित घटना भएको बताउदै नेतृ डा आरजुले घटनाको सत्यतथ्य निष्पक्ष छानविनका लागि तत्काल उच्चस्तरीय संसदीय छानविन समिति गठन गरी दोषीहरुलाई तत्काल पक्राउ गरेर हदैसम्मको कार्वाही गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ । हाम्रो संविधान र ऐन कानुनले जातिय आधारमा हुने कुनै पनि खालको विभेदलाई निषेध गरेकाले अन्तरजातिय विवाह गर्न खोजेका नवराजलाई दलित भएकै कारण गाउँलेहरुले हत्या सम्म गरेको यो घटना मानवअधिकार उल्लंघनको अक्ष्यम्य घटना हो सामाजिक संजालमा नेतृ डा आरजुले उल्लेख गर्नुभएको छ । उहाँले यो घटनालाई कंचनपुरकी चेली निर्मला पन्त बलात्कार काण्ड जस्तै यो घटना नहोस् भन्दै सरकारसँग घटनाको सत्यतथ्य छानविन दोषीहरुलाई तत्काल पक्राउ गरेर हदै सम्मको कारवाही गर्नुपर्ने बताउनु भयो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio