लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्नसकिने मन्त्रिपरिषद्को निर्णय

१७ जेष्ठ २०७७, शनिबार
लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्नसकिने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैँ ,१७ जेठ। सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।

साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio