रानाथारु सूचीकरणको कानुनी प्रक्रिया पुरा संगै जनगणनाको प्रक्रिया सुरु

७ जेष्ठ २०७७, बुधबार
रानाथारु सूचीकरणको कानुनी प्रक्रिया पुरा संगै  जनगणनाको प्रक्रिया सुरु

काठमाण्डाै , ७ जेठ ।

नेपाल राजपत्रमा प्रकाशित भए संगै रानाथारुको सूचीकरणको सम्पूर्ण कानुनी प्रक्रिया पुरा भएको छ । यस संगै प्रतिनिधि सभा सदस्य माननीय नारद मुनी रानाले अब आउने राष्ट्रिय जनगणना २०७८ मा रानाथारुको जातीय जनसख्या, भाषिक जनसंख्या लगायतका विविध सूचकको जनगणनाको प्रक्रिया सुरु भै सकेको जानकारी दिए।

सांसद रानाले यसको लागी राष्ट्रिय योजना आयोगमा निबेदन समेत दिइ सकिएको र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय ड़ा. पुष्प राज कडेलले तथ्यांक विभागमा यसको लागी पत्र समेत पठाई सकिएको जानकारी रानाले दिए । यस अघि रानाथारुलाई समग्र थारुमा गणना गरिएको थियो । विविध श्रोतका अनुसार रानाथारुको जनसंख्या कैलाली र कंचनपुरमा ३.५ लाख हुने अनुमान गरिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio