धनगढी , ६ जेठ ।
सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले सेती प्रादेशिक अस्पतालको प्रसुती वार्डलाई करिब १ लाख बराबरको स्वास्थ सुरक्षा सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनु भयो । उहाँले भन्नुभयो स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ । हस्तान्तरण गरिएको स्वास्थ सामाग्रीहरुमा पिपिई २ सेट,सेनिटाईजर ५ लिटर,थरमल गन १ वटा,पन्जा २०० पिस,पेपर मास्क २५० पिस,बुट २ जोडी,एन ९५ मास्क १०० वटा,हातधुने साबुन २० वटा रहेका छन् । उक्त स्वास्थ सामाग्री सुरक्षित मातृत्व संजाल महासंघ नेपाल कैलालीका अध्यक्ष विनय लामा,उपाध्यक्ष डण्डीराज सुवेदी र सचिव तपेन्द्र भूषालले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिती सदस्य मनोज राई,प्रसुति वार्ड डिपार्टमेन्ट प्रमुख डा.खगेन्द्र भट्ट र प्रसुती वार्ड ईन्चार्ज यशोदा ढकाललाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दे करिब १ लाख बराबरको सामाग्री सहयोग गरिएको र धनगढीका अन्य ३ वटा प्रसुति गृहहरुलाई पनि सहयोग गर्ने योजना रहेको मातृत्व सञ्जाल कैलालीका अध्यक्ष लामाले बताउनु भयो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





