काक्रेविहारमा जरायो लाई सिकारी हातबाट बचाउन सफल सुर्खेति युवा देभेन अधिकारी

१ जेष्ठ २०७७, बिहीबार
काक्रेविहारमा जरायो लाई सिकारी हातबाट बचाउन सफल सुर्खेति युवा देभेन अधिकारी

धनगढी,१ जेठ ।

आज विहान मर्निङ वाक गर्न जाने क्रममा काक्रेविहार गएका थियौं र त्यहा केही मानिसहरुको समुहले जरायो लाई लखेटि लखेटि थकाएर थिचेर मार्न लागेको हामिले देख्यौं अनि ती मानिसहरु हामिलाइ देखेपछि त्यहा बाट भागे देभेन अधिकारीले भन्नुभयो ।यसरी आज विहान काक्रेविहारमा दुर्लभ जंगलि जनावर जरायो लाई बचाउन त सफल भयौं तर ती मान्छेहरुलाइ चिन्न सकेनौ भनेर अधिकारीले जानकारी दिनुभएको छ ।घाइते मार्न लागिएको जरायोको जिल्ला बन कार्यालय सुर्खेत, प्रहरि बल र स्थानीय बासिन्दाको सहयोगमा सफल उद्धार गरिएको छ । सुर्खेतको पर्यटकिय स्थलका रुपमा परिचित काक्रेविहार अहिले विश्वभर फैलिएको कोरोना भाइरसले गर्दा सुनसान बनेको छ भने त्यहा चराचुरुङ्गी र जनावरलाइ बाँच्नका लागि पनि एक शान्त बाताबरण बनेको छ । यसरी लकडाउनको समयमम सुनसान रहेको काक्रेविहारमा जनावर तस्करि हुन खोज्नुले त्यहाँको सुरक्षा व्यवस्थामा थप चुनौती थपिएको छ । स्थानिय सरकार र प्रदेश सरकारले समयमा नै त्यहाको सुरक्षा व्यवस्थामा थप कदम चाल्नुपर्ने स्थानिय बासिन्दाहरुको भनाइ रहेको छ । रासस

Wedding Story advertisement Of Jems Movies & Photo Studio