दाइजो कृषि सहकारी संस्थाले बिपन्न परिवारका लागि तरकारी सहयोग

दाइजो कृषि सहकारी संस्थाले बिपन्न परिवारका लागि तरकारी सहयोग

धनगढी,२४ बैशाख
धनगढी उपमहानगर पालिका –७ स्थित दाइजो कृषि सहकारी संस्था लि. ले बगरखेतीबाट उत्पादन तरकारी कोरोना भाइरस (कोभिड १९) को लकडाउनका कारण छाकटार्न समस्या भएका अति बिपन्न परिवारलाई तरकारी सहयोग गरेको हो ।
संस्था का अध्यक्ष चन्द्रकिरणका अनुसार धनगढी उपमहानगर पालिका ७ बेलीको खुटिया नदिको किनारमा संस्थाले तरकारी उत्पादन गर्नका लागि बगरखेती गर्दै आइरहेको छ । आफुले उत्पादन गरेको तरकारी सुदुरपश्चिम प्रदेश भुमिव्यवस्था तथ कृषि सहकारी मन्त्रालयका माननिय मन्त्रि बिनिता चौधरीका स्वकीय सचिब दिर्घ बिनाडी तथा नेकपाका नेता दिर्घराज जोशिको रोहबरमा संस्थाका सदस्य रामअाैतार राना , कमर्चारी बासुदेव राना र सदस्य मायाराम चाैधरिकाे समुउपस्थितीमा लौका ५ कुन्टल १० किलो, फरर्सि ५ कुन्टल २० किलो र काँकडा ५० किलो गरी जम्मा १० कुन्टल ८० किलो तरकारी अति बिपन्न परिवारहरुका लागि उपलब्ध गराईएको छ ।

सेयर कर दियो ।