धनगढी,२१ बैशाख ।
मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीले लकडाउनले नागरिकको कष्टकर जीबन र त्यसले पारेको आर्थिक सामाजिक,पारिवारिक,आत्मसम्मानमा पुगेको ठेस र समस्या प्रति चिन्ता ब्यक्त गर्दे लकडाउनको अवधिमा मानव अधिकार सँग सम्बद्ध घटनाको अनुगमन गर्न प्रदेश तथा जिल्लामा मानव अधिकार आयोगले गठन गर्ने भनेको समन्वय समितिको गठन प्रकृया,संरचना पक्षपातपूरर्ण र संवैधानिक आयोगको मर्म विपरित रहेको आरोप लगाएको छ मानवअधिकार संरक्षण मंच सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशीले आईतवार एक प्रेस विज्ञप्ती जारी गर्दे अहिलेको त्रास र संकटपूर्ण घडीमा पनि कोरोनाले पारेको प्रभाब बाट मानव अधिकार सँग सम्बद्ध घटनाको अनुगमन गर्न प्रदेश तथा जिल्लामा मानव अधिकार आयोगले गठन गर्ने भनेका समन्वय समितिको गठन प्रकृया रर संरचना पक्षपातपूर्ण रहेको, चिनजान तथा राजनीतिक आस्था र आग्रहमा समितिमा पदपुर्ति गरिएको र मानव अधिकारको क्षेत्रमा क्रियाशिल अधिकारमूखि संघसस्था प्रति पक्षपातपूर्ण ढंगले दुराग्रह राखि उक्त समन्वय समितिमा प्रतिनिधित्व नगराएकोे प्रति गम्भीर ध्यानकर्षण हुनुको साथै उक्त कार्य प्रति आपत्ति प्रकट गर्दछ । आयोग लाई सरकारी,ब्यक्तिगत तथा राजनीतिक प्रभावमा नपरी संबैधानिक आयोगको मर्म र मर्यादा भित्र रहि पूर्बाग्रह नराखी सामाजिक जीवनका सबै पक्षको साझा आयोग बन्न अपिल गरिएको छ । विज्ञप्तीमा अध्यक्ष जोशीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिदै कोराना भाइरस (कोभिड १९) को बढ्दो महामारी र लकडाउनले नेपाल भित्र र बाहिर सँगठित वा असँगठित क्षेत्रमा आबद्ध नेपाली मजदुर तथा श्रमिकहरुले यथा स्थान, बिच बाटोमा वा भारत सँग जोडिएका सिमानाकाका कोरिनटाइनमा महिनौ सम्म बिताउनु परेको कष्टकर जीबन र त्यसले पारेको आर्थिक सामाजिक ,पारिवारिक र ब्यक्तिको आत्मसम्मानमा पुगेको ठेस, दुखकष्ट र समस्या प्रति मासम चिन्ता ब्यक्त गर्दछ र तत्काल त्यस्तो अबस्थामा रहेका नेपाली नागरीकहरुको उद्धार गर्दै उचित पहलका लागि सम्बद्ध सबैसँग हार्दिक आग्रह गरिएको छ । अहिले सम्म नेपाल भारत सिमाको भारतिय भूमि पलिया, टनकपुर, बनबर्षा,लगायत भारतका बिभिन्न स्थानमा महिनौ सम्म दुखकष्ट सहि कोरिन्टिनमा बसिरहेका वा अलपत्र अबस्थामा रहेका सयौं नेपाली नागरिकहरु लाई यथासिघ्र देश भित्र ल्याई मानबोचित ब्यवहार सहित उचित ब्यबस्था गर्न र सम्मानित सर्बोच्च अदालतको आदेशको तत्काल पालना गर्न समेत मासम प्रदेश समिति राज्यसँग माग गर्दछ अध्यक्ष जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । त्यसैगरी विज्ञप्तीमा देश भित्र खाद्य अभाब, बेरोजगारी समेतको दुखमा परेका कमजोर ,आधारभूत बिपन्न तथा स्वास्थ्य संरक्षण, सुरक्षा, स्वास्थ्य उपचारमा असमर्थ रहेका सम्पूर्ण नागरीक प्रति गम्भिर भई जिम्मेवार बन्न तीनै तहका सरकारसंग मानवअधिकार संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समिती आग्रह गर्दछ ।