धनगढी, १६ बैशाख
कोरोना भाइरस ( कोभिड १९) को रोकथामका लागि धनगढीको त्रिनगर भन्सार नाकामा मंगलबार देखि सेनीटाईजिङ्ग टनेलको स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा सेनीटाईजिङ्ग टनेलको स्थापना गरिएको हो । भारतबाट नेपाल भित्रने ब्यक्तिलाई यस टनेलमा सेनीटाईज गरेर भित्रीन दिने ब्यबस्था गरेको छ । नेपाल – भारत दुबै देशमा लकडाउन गरिएको भएपनि भारतबाट खाद्यान्न, औषधी लगायत अति आवश्यकीय बस्तुहरु भित्रीने गरिन्छ । ति बस्तुहरु बोकेर आउने सवारीलाई यस अघी नै औषधी छर्केर धुने ब्यबस्था गरिएको थियो नगरप्रमुख नृपबहादुर वडले भने, अव त्यसमा रहेको चालक र सहचालकलाई पनि सेनीटाईज गरेर मात्रै नेपाल भित्रीन दिईने छ ।
यसैगरी नेपाल भित्रीने ब्यक्तिको आरडिटी चेकजाँचका लागि पनि छलफल भैरहेको बताईएको छ । यसका लागि दुबै देशको समन्वय आवश्यक भएकाले धनगढी उप–महानगरपालिकाले मात्रै चाहेर एक्लैले गर्न सक्ने अवस्था छैन, नगरप्रमुख वडले भने ।