कञ्चनपुरका नदिमा आएको बाढीले एक जना बेपत्ता,निर्माणधिन पुल भत्कीयो ।

कञ्चनपुरका नदिमा आएको बाढीले एक जना बेपत्ता,निर्माणधिन पुल भत्कीयो ।

संबाददाता- नरेश राना
लालझाडि , १५ बैशाख ।
सुदुरपश्मिमा अधिकाँस स्थानमा आज विहानबाट बर्षा भएपछि तराइका नदीमा बाढी आएको छ । कञ्चनपुरका अधिकांस नदीमा बाढी आएको छ ।
कञ्चनपुरको दोदा नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन भने एक जनाको उद्दार गरीएको छ । स्थानिय ब्यक्ती दिनेश रानाले बताए ।
लालझाडि गाउँपालिका वाड नंं. -१ विनाबारी टोलका सादुसिंह राना बेपत्ता भएका छन भने सोहि ठाउँ बस्ने उपदेव बडायकको उद्घार गरीएको छ ।
यस्तै गरी लालझाडि गाउँपालिका -२ नन्दगाउँ तथा बल्मी जोडने निर्माणधिन पुल पानीले बगाएको छ । हिम सागरमाथा कन्सट्रक्सन प्रा.लि.निर्माण गर्दै आइरहेको पुल बाढीले बगाएको छ ।

विज्ञापन