काठमाडाैँबाट १५ सयबढी बिद्यार्थि र मजदुरलाइ धनगढी पठाइयाे

१४ बैशाख २०७७, आईतवार
काठमाडाैँबाट १५ सयबढी बिद्यार्थि र मजदुरलाइ धनगढी पठाइयाे

धनगढी ,१४ बैशाख ।

काठमाडौँमा अलपत्र परेका एक हजार पाँच सय बढिलाई कैलाली र कञ्चनपुर पठाईएको छ। सुन्दर सुदूरपश्मिच यातायात प्रालि, महाकाली यातायात र अन्य यातायात प्रालि सहित विभिन्न स्थानीय तह र प्रतिनिधि सभा सदस्यको समन्वयमा काठमाडौँमा समस्यामा परेका एक हजार ५ सय बढि मजदुर र विद्यार्थीलाई सुदूरपश्चिम पठाईएको हो।

सुदूरपश्चिम यातायात र महाकाली यातायातका १३/१३ र अन्य यातायात प्रालिका चार गरी ३० वटा बसमा पठाईएको हो। सुन्दर सुदूरपश्चिम यातायातका काठमाडौँ ईन्चार्ज मिन पनेरुले आफ्नो प्रालिले धनगढी उप–महानगरपालिका र प्रतिनिधि सभा सदस्य नारदमुनी रानाको समन्वयमा १३ वटा गाडी धनगढी पठाएको बताए। उनले थप पाँच वटा गाडीको व्यवस्थापन गरिएपनि यात्रु नपाएको बताए।

१३ वटा बसमा सात सय भन्दा बढि जनालाई धनगढी पठाईएको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाका स्वकिय सचिव कमलसिंह रानाले बताए। उनका अनुसार धनगढीबाट काठमाडौँ सम्म पुग्न लाग्ने इन्धन खर्च उपमहानगरपालिकाले व्यहोरेको छ भने फर्किदा भने सम्बन्धीत यात्रुले नै भाडा तिरेका छन्।

उता महाकाली यातायातका अध्यक्ष डम्मर पन्तले पनि कैलाली र कञ्चनपुरमा काठमाडौँबाट १३ वटा बस आईरहेको बताए। सरकारले जारी गरेको लकडाउनपछि काठमाडौँ समस्यामा परेका विद्यार्थी र मजदुरलाई ल्याउन सुदूरपश्चिमका विभिन्न स्थानीय तह, सासंद र यातायात प्रालीहरुले समन्वय गरिरहेका छन्। अन्य यातायात प्रालिले पनि चार वटा बस पठाएका छन्। 
 

Wedding Story advertisement Of Jems Movies & Photo Studio