धनगढी, वैशाख १४
डोटीको शिखर नगरपालिका वडा नम्बर १ का विपन्न वर्गहरुलाई राहत वितरण गरिएको छ । कपल्लेकी घर भई हाल धनगढीमा वस्दै आएका कलेन्द्र शाहीको नेतृत्वमा शिखर नगरपालिकाको वडा नम्बर १ का अति विपन्न एक सय परिवारलाई राहत वितरण गरिएको हो । कलेन्द्र शाहीको नेतृत्वमा वलराम भट्ट, गणेश शाही र नरवहादुर नेगी लगायतका युवाहरुको समुहले धनगढीमा संकलन गरिएको खाद्यान्न लगायतका सामाग्री कपल्लेकीका अति विपन्न वर्गलाई वितरण गरिएको हो । शिखर नगरपालिका मेयर सीताराम जोशी, उपमेयर धौलीदेवी रावल, वडा नम्बर १ का वडाध्यक्ष खड्गवहादुर शाही तथा राहत संकलनका संयोजक कलेन्द्र शाहीले विपन्न वर्गहरुलाई राहत हस्तान्तरण गरे ।
एक सय वोरा चामल, सात सेट पिपिई, सात पेटी सावुन, दुई सय कट्टा सोयाविन, चार लिटर सेनेटाईजर, साधारण पन्जा दुई सय थान, सर्जिकल मास्क वीस थान र तीन हजार दुई सय थान मास्क वितरण गरिएको हो । ती सामाग्रीहरु धनगढीका विभिन्न व्यवसायी तथा वासिन्दाहरुबाट संकलन गरिएको हो । शाही धनगढी जेसिजका महासचिव हुन् । त्यसैगरी धनगढीको मटियारीमा मन्टेश्वरी स्कुल सञ्चालन गर्दै आएका छन् ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





