धनगढी,१२ बैशाख २०७७ ।
रानाथारू अनलाइन कबिता तथा चित्रकाला प्रतियोगिता पाेष्ट गर्ने अन्तिम दिन रहेकाे अयाेजक सदस्य कमल सिं रानाले बताए । उनले भने कोरोना महामारीले विश्व नै आक्रान्त भएको परिस्थितमा संक्रमण रोक्ने प्रमुख उपाय लकडाउन रहेको हुदा नेपाल सरकारले समेत लकडाउन घोषणा गरेको सन्दर्भमा यसलाइ सफल बनाइ कोरोना सँगको लडाईमा जित हासिल गर्न साथै सबै लाई आफनै घरमा बसी लकडाउन पालन गराउन सहयोग गर्ने तथा घरमा बसी आफ्नो कला, मौलिकताको प्रयोग गरी भाषा, संस्कृति लाई मनन गरि यसको विकास समेत हुने उद्देश्यका साथ “रानाथारु कलाके धनी” को मुल नारा सहित “रानाथारु आदर्श युवा क्लव”, “Rana Culture in Kanachanpur&Kailali” Facebook Page र “Ranatharu.com” Facebook Page को संयुक्त आयोजनामा “रानाथारु अनलाइन चित्रकला तथा कबिता प्रतियोगिता” मिति २०७६/१२/२६ देखि २०७७/०१/१५ सम्म उद्घोष गरिएको र संचालनमा रहिआएको हुँदा यस समय सान्दर्भिक कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्नुहुने सम्पुर्ण अनलाइनमा जोडिनु भएका साथीहरू कबिता तथा चित्रकाला पठाएर सहयोग गर्नुहुने र हाम्रो पेजमा पोष्ट भएका कबिता तथा चित्रहरू देखेर लाइक , कमेन्ट र शेयर गरी सहयोग गर्नुहुने सबैलाइ आयोजक टिम हार्दिक कृतज्ञता अर्पण गर्दछ र साथै अगामी दिनमा पनि यसरी नै साथ र सहयोग दिनुहुने छा भन्ने अशा र बिश्वास लिएका छाै कबिता प्रतियोगितामा सहभागि कबिता ३३ वटा र चित्रकला १५ वटा रहेका छन । हामीले अनलाइन कबिता तथा चित्रकाला प्रतियोगिता सञ्चालन गर्नुपुर्व केहि नियमहरू बनाएका थियौ भनेर अयाेजके जानकारी दए । सोही नियम भित्र रहि जजहरूले जजमेन्ट गर्नुहूने छ र प्रतियोगि साथिहरूले पनि त्यसलाइ स्वाहर्दरूपमा लिनुहुने छ भन्ने विश्वास लिएका छै । प्रतियोगिता बैशाष १२ गते साँझ ५ बजे पछि पाेष्ट गर्ने समय समाप्त हूने छ र पछि आएका कबिता तथा चित्रहरूलाइ प्रतियोगितामा समाबेशगरिने छैन । बैशाष १४ गते १ बजे सम्म भोटिंग खुला गरिएको छ । १४ गते १ बजे पछि मात्र उक्त कबिता तथा चित्रकलामा अएको लाइक , कमेन्ट र शेयरको जजहरू द्वारा काउन्ट गरिनेछ । लाइक , कमेन्ट र शेयरबाट प्राप्त अंकको ७० प्रतिशत र बाँकि ३० प्रतिशत कविताको भावअर्थ लाइ मुल्याङकन गरि दुबै अंक जोडी जस्को अंक बढी आउछ सोही प्रतियोगीलाइ बैशाख १५ गते बिजय घोषित गरिनेछ उक्त दिन रानाथरू हरूकाे बिशेष पर्व बैस्ख्खी चराँइ परेकाे भनेर जजमेन्टका संयोजक प्रमिला रानाले बताइन । प्रतियोगितामा दुबै विधाको अलग अलग पुरूषकार प्रदान गरिने छ साथै प्रथम , दृतिय र तृतिय हुने प्रतियोगिलाइ नगद क्रमशः ३ हजार , २ हजार र १ हजारका दरले पुरूषकार दिइने छ र सहभागि सबै लाइ अनलाइन द्वार प्रमाण पत्र पनि दिनेछ । अयोजक मध्यका आदर्श युवा कलबका धनगढीका अध्यक्ष श्याम लाल रानाले जानकारी दिए । प्राप्त कविता तथा चित्रकाला लाइ संरक्षणका लागि रानाथारू डटकम अनलाइन र राना कल्चर कंचनपुर एण्ड कैलाली को वेबमा राखिने छ र रानाथारू कबिता श्रीङखलामा प्रकाशित गरी यी सबै कविताहरूलाइ समेटिने छ भनि अर्का आयोजक रानाथारू डटकम अनलाइन मिडिया प्रा.लि का अध्यक्ष नन्दलाल रानाले जानकारी दिए ।