आगलागीबाट पदमाको घर जलेर नष्ट ,खुला आकाशमुनि रात काट्न बाध्य ।

आगलागीबाट पदमाको घर जलेर नष्ट ,खुला आकाशमुनि रात काट्न बाध्य ।

धनगढी, ७ बैशाख ।

धनगढी उपमहानगरपालिका वडा नं ५ शिवनगर खानेपानी टोलमा स्थित पदमा आउजीको घरमा आगलागी भएको छ । आगलागीबाट घरपूर्णतया नष्ट भएको छ ।
गयराती १०स्३० बजे सुतिरहेको अवस्थामा अचानक विद्युत सट भएर आगलागी भएको पिडित आउजीले बताउनु भयो । घरमा आगलागी भएपछि धनगढी उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि आगोले धनमाल सबै नष्ट भएको आउजीले बताउनु भयो । घरमा आगलागी हुँदा उपचारका लागि ऋण लिएको नगद ५५ हजार ,चामल,दाल,गहुँ,मोटर ,विद्युत मोटर,लत्ताकपडा,दराज,कुर्सी,पङ्खा,डिजिटल तराजु,ग्यास लगायतका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको छ । सबै गरेर करिब ७ लाख बराबरको क्षेती भएको आउजीले बताउनुभयो । आगो निभाउन खोज्न जाँदा उनका परिवारका सदस्यहरु जलेर घाइते समेत भएका छन् । यसैविच आगलागी पिडित पदमा आउजीले आफु ज्याला मजदुरी गरेर खाने गरेको दलित समुदायको गरिब भएको र आफ्नो सर्वोस्व जलेर नष्ट भएकाले नगद जिन्सी खाद्यान्न र घर निर्माणका लागि सहयोग गरिदिन स्थानिय तह प्रशासन सबैलाई अनुरोध गरेकी छिन ।

सेयर कर दियो ।

विज्ञापन