काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम पुग्यो

५ बैशाख २०७७, शुक्रबार
काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम पुग्यो

धनगढी, ५ बैशाख २०७६।

काठमाडौंबाट चिकित्सकको टोली सुदूरपश्चिम प्रदेश पुगेको छ । उक्त टोलीमा ३३ जना चिकित्सक रहेका छन् ।

नेपालका कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित सुदूरपश्चिम प्रदेशमा भेटिएपछि थप चिकित्सको टोलीको माग गरको प्रतिनिधिसभाका सांसद नारदमुनी रानाले बताए ।

नेपालमा लकडाउन सुरु भएपछि पनि सुदूरपश्चिममा भारतबाट आउनेको संख्या धेरै रहेको छ । पछिल्लो समयमा सुदूरपश्चिममा भारतबाट आएका र स्थानीय तहमा नै संक्रमण सरेका घटना पनि देखिएका छन् ।

स्थानीय तहमा नै सक्रमित र शंकास्पद विमारीको उपचारमा सहयोग पुग्नेगरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३३ जना चिकित्सको टोली सुदूपश्चिममा पठाएको रानाले बताए ।

उनका अनुसार ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी पुगिसकेको छ । उनीहरूको टोली आज यति यरलाइन्सको विमानबाट धनगढी गएका हुन् ।

चिकित्सकहरुको टोलीलाई आवश्यकताअनुसार सुदूरपश्चिमका विभिन्न स्थानमा खटाएको छ । अहिले धनगढीको सेती प्रादेशी अस्पतालमा १३ जना चिकित्सक रहेनछन् ।

त्यसैगरी, बझाङमा २ जना, अछाम ३ जना, दार्चुला ३, बैतडी ३, डडेल्धुरा ३, टीकापुर २ जना, कञ्चनपुर ४ जना चिकित्सक खटाएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले बताए ।

‘आज संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट खटिएका ३३ जना चिकित्सकको टोलीलाई आवश्यकता अनुसार ७ जिल्लामा खटाएका छौँ’, उनले भने, ‘बाजुरामा ५ जना र डोटीमा ४ जना चिकित्स पहिला नै भएकाले आज आउनेमा खटाउनु परेन ।’

आजसम्म सुदूरपश्चिमा ५ जना कोरोना सक्रमितको उपचार भइरहेको छ । जसमा १ जना दुबईबाट आएका हुन् । २ जना भारतबाट फर्केका र एक जना वीरगन्जबाट गएकी महिला छन् भने १ जना महिला दुबईबाट आएको युवाको आफन्तलाई संक्रमण भएको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio