मानवअधिकार संरक्षण मंचद्धारा उपमहानगरपालिकालाई मास्क हस्तान्तरण

३ बैशाख २०७७, बुधबार
मानवअधिकार संरक्षण मंचद्धारा उपमहानगरपालिकालाई मास्क हस्तान्तरण

धनगढी,३ बैशाख । मानवअधिकार संरक्षण मंच(मासम) सुदूरपश्चिम प्रदेश समितीले कोरोना भाइरसको माहामारीबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकालाई मास्क हस्तान्तरण गरेको छ । उक्त मास्कहरु मानवअधिकार संरक्षण मंचका सुदूरपश्चिम प्रदेश अध्यक्ष डिल्लीराज जोशीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वडलाई हस्तान्तरण गर्नुभयो । कोरोना भाईरसको संक्रमणवाट जोगिन र स्वास्थ्य सुरक्षामा सहयोग पुगोस होस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत ३ सय वटा मास्क वितरण गरिएको मानवअधिकार संरक्षण मंचका प्रदेश सचिव राजेन्द्र रैकाले बताउनु भयो । हस्तान्तरण कार्यक्रमममा मासमका प्रदेश सदस्य हिक्मत वहादुर दर्जी र नगरपालिकाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो । त्यसैगरी मासमले लकडाउनको अवस्थामा नगरपालिका क्षेत्रका केही विपन्न वस्तीमा उनीहरुको मावअधिकार,खाद्यअधिकार र जीवन निर्वाहको अवस्था र भोग्नु परेको समस्याका वारेमा स्थलगत अध्ययन अवलोकन समेत गरेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio