बिभिन्न बैक तथा वित्तिय संस्थाद्धारा खाद्यान्न सहयोग

२७ चैत्र २०७६, बिहीबार
बिभिन्न बैक तथा वित्तिय संस्थाद्धारा खाद्यान्न सहयोग

धनगढी, २७ चैत
धनगढीमा रहेका बिभिन्न बैंक तथा वित्तिय संस्थाहरुले लक डाउनका कारण छाक टार्न समस्या भएकाहरुका लागि भन्दै धनगढी उप–महानगरपालिको बिपद ब्यबस्थापन समितिलाई खाद्यान्न उपलब्ध गराएका छन् ।
बिहीबार बैंक तथा वित्तिय संस्थाहरुले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टलाई खाद्यान्न तथा नगद उपलब्ध गराएका हुन । कन्चन डेभलपमेन्ट बैंकले ४३ कट्टा चामल, ८ कट्टा १ सय पिस सावुन, २ कट्टा नुन र १० पेटि तेल धनगढी उपमहानगरपालिकालाई सहयोग गरेको हो । खप्तड वचत ऋण सहकारी संस्थाले लकडाउनका कारण हातमुख जोर्न समस्या भएकाहरुका लागि भन्दै नगरको बिपद ब्यबस्थापन समितिलाई १५ हजार नगद सहयोग गरेको छ । बाल हेल्प लाइन नेपालले हातमुख जोर्न समस्या भएकाहरुका लागि भन्दै नगरको बिपद ब्यबस्थापन समितिलाई ५२५ किलो चामल सहयोग गरेको छ । त्यसैगरी प्रभु बैंकले छाक टार्न समस्या भएकाहरुका लागि चामल ५० कट्टा,दाल १० कट्टा र नुन ५० पाकेट सहयोग गरेको छ । एसविआई बैंकले चामल सात सय ५० किलो, दाल ५०किलो ,तेल २ पेटि, नुन १५० किलो, साबुन १५० पिस, मास्क ५० थान सहयोग गरेको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाक टार्न समस्या भएकाहरुका लागि सहयोगि मनहरुले गरेको सहयोग राहतमा खाद्यान्न किन्न सक्ने, घरमा खाद्यान्न भएकाहरुलाई लालच नदेखाउन अनुरोध गरे । उनले भने, हुने खाने र किन्न सक्नेले राहत झुटो बिवरण दिएर रातह बुझेको पाईएमा कार्वाही गरिने छ ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख भट्टले चुलो बल्न नसकेका परिवार सम्म धनगढी उप–महानगरपालिकाका राहत पु¥याउन लागि परेको बताईन । आफ्नो समस्या आफै टार्न सक्नेले राहत लिन खोज्नु भनेको समाजमा लज्जीत हुनु हो उप–प्रमुख भट्टले भनिन्, त्यसैले बास्तविक समस्यामा परेकाहरुले मात्रै राहत लिनुहोला ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio