नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकालाई नगद ५१ हजार आर्थिक सहयोग

नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकालाई नगद ५१ हजार आर्थिक सहयोग

कैलाली, २५ चैत्र । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले धनगढी उपमहानगरपालिकालाई नगद ५१ हजार आर्थिक सहयोग गरेको छ ।

कोरोना भाइरस ९कोभिड १९० को संक्रमणसंगै उत्पन्न विपद् व्यवस्थापन तथा लकडाउनबाट प्रभावित उपमहानगरपालिका अन्र्तगतका अति विपन्न परिवारका लागि उक्त आर्थिक सहयोग गरेको हो ।

सहकारीका अध्यक्ष जगतराम चौधरीले नगरप्रमुख नृपबहादुर वडलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए । कोरोना संक्रमण रोकथामका लागि राज्यले गरेको लकडाउनका कारण प्रभावित अति विपन्न, दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारहरूका लागि केही राहत पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको सहकारीका सदस्य ठाकुर करिया प्रधानले जानकारी दिए ।

कार्यक्रममा नगरप्रमुख वडले सहकारीले गरेको आर्थिक सहयोगले विपन्न, दैनिक ज्यालादारी मजदुरी गरिखाने परिवारहरूका लागि राहतका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

चेक हस्तान्तरण कार्यक्रममा वडा नं। ७ का वडा सीताराम राना, सहकारीका प्रवन्धक विजय चौधरी, सचिव जीवन चौधरी, सञ्चालक समितिका पदाधिकारी मनिराम चौधरी, विजय महतो, नन्दलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

धनगढी उपमहानगरपालिका वडा नं। ८ गुरही चौक स्थित केन्द्रिय कार्यालय रहेको सहकारीले आपत विपत परेको बेला तथा सामाजिक क्षेत्रमा विभिन्न किसिमको सहयोग गर्दै आएको छ ।

सेयर कर दियो ।

विज्ञापन