डडेल्धुरा , २५ चैत । बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराले परशुराम नगरपालिकालाई स्वास्थ्य तथा खाद्य सामाग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोराना भाईरसको संक्रमण न्यूनीकरणका लागि मुलुकमा लकडाउन गरीएको अवस्थामा दैनिक ज्याला,मजदुरी गरी जिवन निर्वाह गर्ने विपन्न समुदाय अत्यन्तै समस्यामा परेपछि त्यस्ता समुदायलाई केही सहयोग र राहत पुगोस भन्ने उद्धेश्यले उक्त राहत सामग्री हस्तान्तरण गरीएको बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यकारी निदेशक प्रेम बहादुर महरले बताउनु भयो । ४५ घरधुरीलाई पुग्ने गरी प्रतिघरधुरी १० किलो चामल, १ किलो दाल १ किलो नुन १ लिटर खाने तेल हस्तान्तरण गरीएको महरले बताए ।
उक्त सामाग्री संस्थाले परशुराम नगरपालिकाका नगरप्रमुख भिम बहादुर साउँदलाई हस्तान्तरण गरेको हो । विगत लामो समयदेखी सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा सामाजिक उत्तरदायित्वमा क्रियासिल बहुउद्देश्यीय विकास समाज एमपिडिएस डडेल्धुराले भागेश्वर गाउँपालिकामा मास्क, प्रारम्भीक सरसफाईका सामग्रीहरु , हातधुने सावुन, बाल्टी, र आलिताल गाउँपालिमा ३० घरधुरीलाई पुग्ने गरी प्रति घरधुरी १० किलो चामल, १ किलो दाल, १ लिटर खानेतेल, १ किलो नुन हस्तान्तरण गरीएको निर्देशक महरले बताउनुभयो । भई परि आउने विपद र जोखीममा संस्था सहयोगमा पछाडी नपर्ने निर्देशक महरले जानकारी दिए । उक्त राहत सामग्री बुझ्दै परशुराम नगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँदले संस्थाले जोखीमर्पुण अवस्थामा नगरपालिका र नगरवासीहरुलाई गरेको सहयोगका प्रति धन्यवाद ज्ञापन गर्नुभयो । उक्त राहत सामग्रीहरु परशुराम नगरपालिकाका बिभिन्न वडाका लक्षित बर्ग ,समुदायमा वितरण गरीने नगरपालिकाले जनाएको छ ।