कञ्चनपुर , २४ चैत २०७६ । कंञ्चनपुर स्थत गैरसरकारी सस्था एनएनएसडब्लुएले कोरोना भाइरसको माहामारीबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि कंञ्चनपुरका ९ वटै स्थानिय तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणवाट जोगिन र उपचारमा सहजता होस भन्ने उद्धेश्यले डिसिएसंगको सहकार्यमा स्वास्थ्य सामाग्री वितरण गरिएको एनएनएसडब्लुए कंचनपुरका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले बताउनु भयो ।
निर्देशक जैरुका अनुसार कंचनपुर जिल्लाका ९ वटै स्थानीय तहमा १० लिटर स्यानिटाईजर,४ सय मास्क,४ सय साबुन,र २ सय ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री वितरण गरिएको हो । सस्थाले सबै स्थानिय तहमै पुगेर उक्त सामाग्री वितरण गरेको हो । यसैगरी सस्थाले कारोना भाईरसको संक्रमणवाट जोगिन मुक्त कमैया शिविर, विपन्न समुदायका वस्तीहरु,क्वारेन्टाईन,महाकाली अस्पताल र सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामाग्री वितरण गरिएको निर्देशक जैरुले बताउनु भयो । साथै उहाँले पिपिई सेट लगायतका अन्य स्वास्थ्य सामाग्रीहरु पनि चाँडै वितरण गर्ने तयारी रहेको बताउनु भयो ।