फाया नेपालद्धारा भजनी क्वारेन्टाईनलाई स्वास्थ्य सामाग्री सहयोग

२३ चैत्र २०७६, आईतवार
फाया नेपालद्धारा भजनी क्वारेन्टाईनलाई स्वास्थ्य सामाग्री सहयोग

धनगढी, २३ चैत । फाया नेपालले कोरोना भाइरसको माहामारीबाट उत्पन्न समस्यालाई मध्यनजर गर्दै भजनी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भजनी नगरपालिकामा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले सामाग्री सहयोग गरिएको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताउनुभयो ।

भजनी नगरपालिका उपप्रमुख छाँया देवकोटाको समन्वयमा फाया नेपालले उक्त सामाग्रीहरु सहयोग गरेको हो । जसमा पिपिई सेट १० वटा,हाईजिन किट ५० सेट,प्लास्टिक मग ५० वटा प्लास्टिक बाल्टीन ५० वटा,ओआरएस १ पेटी,मास्क १० वटा छन् । फायाले यसअघि धनगढी उपमहानगरपालिकालाई २०० वटा मास्क र घोडाघोडी नगरपालिकालाई १२ सेट पिपिई लगायतको स्वास्थ्य सामाग्री सहयोग गरिएको फाया नेपालका अनुगमन मूल्याकन तथा संचार संयोजक शेर वहादुर बस्नेतले जानकारी गराउनु भयो ।

यस्तै भजनी नगरपालिका उपप्रमुख छाँया देवकोटाले लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदाय र क्वारेन्टाईनमा रहेका व्यक्तिहरुका लागि आवश्यक सामाग्री सहयोगका लागि विभिन्न सरोकारवाला निकायलाई अनुरोध गरेकी छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio