धनगढी,२१ चैत
विश्व महामारिको रुपमा देखिएको कोरना भाईरस संग सामना गर्न नेपालमा पनि लकडाउन भएको दुई साता बित्न थालेको छ । लकडाउनले दैनिक ज्याला मजदुरी गरेर खाने वर्गलाई भने समस्या देखिएपछि त्यस्ता विपन्न समुदायका लागि सिर्जनशिल समाजको सिर्जना (सि.सि.एस)कैलालीले खाद्य सामाग्री सहयोग गरेको छ । खाद्य सामाग्री शुक्रवार एक कार्यक्रमका विच सि.सि.एसका अध्यक्ष प्रकाश विष्ट,महासचिव हिरा भण्डारी र सचिव सुनिल श्रेष्ठले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप वहादुर वडलाई हस्तान्तरण गर्नुभयो । . लकडाउनका कारण दैनिक ज्याला मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदाय अत्यन्तै समस्या परेपछि धनगढी क्षेत्रका विपन्न मुदायका लागि केही सहयोग र राहत होस भन्ने उद्घेश्यले करिब १ लाख ५७ हजार बराबरको खाद्यान्न सामाग्री हस्न्तरण गरिएको सिसिएसका अध्यक्ष विष्टले बताउनुभयो । । जसमा चामल २५ कट्टा,दाल २०० केजी,,तेल २०० सोयाविन २० पाकेट,नुन ५ कट्टा, र उच्चस्तरीय गुणस्तरीय पिपिई ३ सेट रहेको छ।त्यसैगरी सिसिएसल आज नै धनगढीको वडा नं १ का विपन्न १५ घरधुरीलाई १५ कट्टा चामल,२ पेटी तेल,र ५० केजी दाल सहितको खाद्यसामाग्री पनि वितरण गरेको छ ।