धनगढी,२१ चैत २०७६
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण मुलुक लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदायमा अत्यन्तै समस्या परेपछि धनगढी क्षेत्रका विपन्न समुदायका लागि सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रबार ऐश्वर्य बहुमुखी क्याम्पस प्रध्यापक संघ र कर्मचारीहरुले धनगढी उपमहानगरपालिकाका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री ऐेश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मदेव भट्टले एक कार्यक्रमका विच धनगढी उपमहानगरपालिका नगर प्रमुख श्री नृप वहादुर वडलाई हस्तान्तरण गर्नुभएको थियो । खाद्य सामाग्री बुझ्दै नगर प्रमुख वडले धन्यवाद व्यक्त गर्नुभयो । लकडाउनका कारण २ छाक टार्न पनि समस्यामा परेका विपन्न समुदायलाई केही सहयोग र राहत होस भन्ने उद्घेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत करिब ४५०००-/ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको क्याम्पस प्रमुख भट्टले बताउनुभयो । जसमा चामल २७५ केजी , मसुर ५० केजी,अरहर ५० केजी,मास ५० केजी,तेल ६० लिटर रहेको छ ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





