विपन्न समुदायका लागि ऐश्वर्य बहुमुखी क्याम्पस प्रध्यापकहरुद्वारा धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण

२१ चैत्र २०७६, शुक्रबार
विपन्न समुदायका लागि ऐश्वर्य बहुमुखी क्याम्पस प्रध्यापकहरुद्वारा धनगढी उपमहानगरपालिकालाई खाद्यान्न सामाग्री हस्तान्तरण

धनगढी,२१ चैत २०७६

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण मुलुक लकडाउनमा छ । लकडाउनका कारण दैनिक ज्याली मजुदरी गरेर जीवन निर्वाह गर्ने विपन्न समुदायमा अत्यन्तै समस्या परेपछि धनगढी क्षेत्रका विपन्न समुदायका लागि सामाजिक उत्तरदायित्व अन्तरगत शुक्रबार ऐश्वर्य बहुमुखी क्याम्पस प्रध्यापक संघ र कर्मचारीहरुले धनगढी उपमहानगरपालिकाका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री ऐेश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री धर्मदेव भट्टले एक कार्यक्रमका विच धनगढी उपमहानगरपालिका नगर प्रमुख श्री नृप वहादुर वडलाई हस्तान्तरण गर्नुभएको थियो । खाद्य सामाग्री बुझ्दै नगर प्रमुख वडले धन्यवाद व्यक्त गर्नुभयो । लकडाउनका कारण २ छाक टार्न पनि समस्यामा परेका विपन्न समुदायलाई केही सहयोग र राहत होस भन्ने उद्घेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत करिब ४५०००-/ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको क्याम्पस प्रमुख भट्टले बताउनुभयो । जसमा चामल २७५ केजी , मसुर ५० केजी,अरहर ५० केजी,मास ५० केजी,तेल ६० लिटर रहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio