धनगढी उप–महानगरले छाक टार्न समस्या भएकालाई खाद्यान्न बाड्दै

२० चैत्र २०७६, बिहीबार
धनगढी उप–महानगरले छाक टार्न समस्या भएकालाई खाद्यान्न बाड्दै

धनगढी, २०चैत
धनगढी उप–महानगरपालिकाले लक डाउनका कारण छाक टार्न समस्या भएका ब्यक्ति र परिवारलाई मंगलबार देखि खाद्यान्न बाड्न थालेको छ ।
छाक टार्न समस्या भएका ब्यक्ति र परिवारहरुलाई वडातहबाट नै राहत स्वरुप चामल, दाल, तेल, नुन, तरकारी वितरण गर्न थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । नगरप्रमुख वडका अनुसार रातह वितरणका लागि वडाहरुमा अध्यक्षको संयोजकत्वमा सर्वदलिय ÷ सर्व पक्षिय समिति गठन गरि कलडाउनका कारण छाक टार्न समस्या भएकाहरुको विवरण संकलन गरिएको थियो । सर्वदलिय ÷ सर्व पक्षिय समितिले संकलन गरेको बिवरणका आधारमा राहत वितरण सुरु भएको छ । नगरप्रमुख वडले वडा नं ८ र ५ मा बिहानै देखि राहत वितरण सुरु भैसकेको छ । अन्य वडाहरुमा पनि वितरण गरिने खाद्यान्न पु¥याउने काम भैरहेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ८ का अध्यक्ष नारायण प्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका २ सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको बताए । वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम सुरु भएको अध्यक्ष हिरा सिं पातलीले बताए ।
अहिले वितरण गरिएको खाद्यान्न खाईसकेपछि सोही बिवरणका आधारमा खाद्यान्न फेरी वितरण गरिने नगरस्तरीय बिपद ब्यबस्थापन समितिले जनाएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio