लालझाडी /कञ्चनपुरको लालझाडीमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । दिलकी आवाज ग्रुपको आयोजनामा यही असोज २५ गते लालाझाडी गाउँपालिकाको वडा नं. ४ पर्सिया गाउँको खेल मैदानमा एक दिने स्वास्थ्य शिविर गर्ने भएको हो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने तथा स्वास्थ्य सेवामा राहत पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक भोजराज रानाले बताएका छन् ।
शिविरमा MBBS डा. सुरज प्रकाश रानाले बिरामी चेक जाँच तथा स्वास्थ्य परामर्स सेवा निशुल्क प्रदान गर्ने छन । शिविर विहान ९ बजे देखि साँझ ५ बजे सम्म चल्ने बताउदै समयमै मौकाको फाईदा दिन आयोजक टिमका सदस्य श्री नारायाण रानाले आग्रह गरे ।







