नागरिकको स्वास्थ्य, विपन्नलाई राहत र उपभोग्य वस्तुको आपूर्तिमा संवेदनशील बन्न सरकारलाई मासमको आग्रह

१४ चैत्र २०७६, शुक्रबार
नागरिकको स्वास्थ्य, विपन्नलाई राहत र उपभोग्य वस्तुको आपूर्तिमा संवेदनशील बन्न सरकारलाई मासमको आग्रह

धनगढी, १४ चैत

मानवअधिकार अधिकार संरक्षण मंचले नागरिकको स्वास्थ्य, विपन्नलाई राहत र उपभोग्य वस्तुको आपूर्तिमा संवेदनशील बन्न सरकारलाई मासमको आग्रह गरेको छ । आज शुक्रबार बसेको मंचको सुदूरपश्चिम प्रदेश समितीको आकस्मिक अनलाईन स्काईफ बैठकले कोरोनाभाइरसको विश्वब्यपी महामारी,र लकडाउनले पारेको प्रभाब र नागरिकको स्वास्थ्य र विपन्न समुदायको अवस्था र उपभोग्य वस्तुको आपूर्ति र स्वास्थ्यकर्मी माथिको दुव्र्यहार प्रति गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । मानवअधिकार संरक्षण मंचका सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष डिल्लीराज जोशी उपाध्यक्ष हिमालय विक्रम विष्ट र प्रदेश सचिव राजेन्द्र रैकाद्धाराले आज एक प्रेस विज्ञप्ती मार्फत उक्त आग्रह गरेका हुन । विज्ञप्तीमा मासमले विश्वमा कोरोना भाईरस तिब्र गतिमा फैलिरहेको र सँक्रमित र मृत्युहुनेको सँख्या दिनप्रतिदिन तिब्र रुपमा बृद्धि भैरहेको अवस्थामा प्रभावित नेपाली जनता र विश्व मानव समुदायप्रति समानुभूति सहित ऐक्यबद्धता जाहेर गर्दै उपचारमा रहेका सँक्रमित विदेशमा रहेका व्यक्ति र नेपालमा उपचार भैरहेका नेपाली नागरिकको सिघ्र स्वस्थ्यलाभको कामना सहित परिवारजन प्रति सहानुभूति ब्यक्त गरेको छ । विज्ञप्तीमा कोरोनाको रोकथामका लागि ढिलै भएपनि २०७६ चैत्र ५ गते देखि यता सरकारले गरेका निर्णयहरु र एकहप्ताका लागि लागु गरेको राष्ट्रिय लकडाउन – (नागरिक राष्ट्रिय निषेधाआज्ञा) र सामाजिक दुरीको निर्णय तथा कार्यान्वयन्, स्वास्थ्य ब्यबस्था, आइसुलेसन वार्ड र कोरेन्टाइनका निर्माणका प्रयत्नहरु सकारात्मक र सहा्रनिय रहेको र यसको अझ निरन्तरताको आबस्यकता रहेको हाम्रो ठहर छ । साथै एस प्रदेशमा अबस्यक स्वास्थ्य कर्मि, उपकरण, ल्याब, रगतपरिक्षण प्रकृया, टेस्टकिट, सघन उपचारकेन्द्र, पिपिई, भेन्टीलेटर लगायतको अभाबप्रति गम्भिर भई नागरिको ज्यूज्यानको सुरक्षागर्न, सम्भावित क्षतिलाई रोक्न, थप परिणमुखि सबै उपायहरु सिघ्र अबलम्बन गर्न सुदुर पश्चिम प्रदेश सरकार र स्थानिय सरकारसँग अपिल गरेको छ । त्यस्तै पछिल्लो समय देश उच्चजोखिममा रहेको र तिनजनामा संक्रमण पुष्टि भएबाट आम नागरिकमा थप डर र चिन्ता बढेको छ । यस समयमा आफ्नै सुरक्षाका लागि हरेक नागरिकले सँयम, शान्त र अनुशासितभई अन्तर्राष्ट्रिय प्रोटोकल , विज्ञहरुको सुझाब र सरकारको लकडाउन एंव सामाजिक दुरी लगायतका निर्देशन, नियम पालना गर्दै सचेत तथा सतर्क भै घरभित्रै रहन आम नागरिकमा आग्रह गरेको छ । अहिले प्रदेशमा रहेका क्वारेन्टाइनमा राखिएका नागरिकहरु आक्रोसित भएको र उपचारको अग्रपक्तिमा रहेका स्वास्थ्यकर्मिमाथि आक्रमण गरिएको समाचार प्रति हाम्रो ध्यान आकर्षण भएकोछ । क्वारेन्टाइनलााई मानविय जीवन अनुकुल स्वस्थ्य र सुविधायुक्त बनाई क्वारेन्टाइन प्रति जनविश्वास जगाई सहजै बस्न सक्ने बाताबरण निमार्ण गर्न र स्वास्थ्यकर्मी माथि अभद्रब्यबहार गर्नेहरुलाई कानुनी कारबाही गरी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने बाताबरण सिर्जना गर्न बनाउन प्रदेश सरकार तथा स्थानिय सरकार सँग आग्रह गर्दछौ विज्ञप्तीमा भनिएको छ । त्यस्तै मंचद्धारा जारी विज्ञप्तीमा आर्थिकरुपमा बिपन्न , दैनिक ज्यालादारी गरी जीवान निबार्ह गर्ने ब्यक्ति तथा कमजोर बर्गका लागि आर्थिक प्याकेज ल्याउन , बजेट रकमान्तर गरी कोरोना प्रभावित आर्थिक क्षेत्रमा विनियोजन गर्न, ब्याज सहुलियत सहित दैनिक खाद्यअभामा परेका परिवारहरुलाई तत्काल खाद्य ब्यबस्था सहजबनाई नागरिक प्रति जिम्मेवार बन्न सरकारसँग आग्रह गर्दछौ साथै आम सर्बसाधारणका लागि आबश्यक औषधी, खाद्य र दैनिक उपभोग्य बस्तुको सहज आपूर्तिका लागि समेत आग्रह गरिएको छ । अहिले सरकारद्धारा जारी गरिएको लकडाउन तथा निषेधाआज्ञाको जानी वा नजानी अबज्ञा गर्ने नागरिकहरु माथि बलप्रयोग नगरी समबेदनशील तथा सहिष्णु भई मनोबैज्ञानीक सामाजिक तथा कानुनी उपाय अबलम्बन गर्न तिर सचेत रहन आग्रह जारी विज्ञप्तीमा गरिएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio