धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा ‘पातल’लाई भेट्ने समय बिहान र साँझ तोकिएको छ ।
कार्यालय समयमा भेटघाट र बधाई आदानप्रदान गर्दा मन्त्रालयको अत्यावश्यक कामकारवाही प्रभावित भएपछि उनको स्वकीय सचिवालयले समय व्यवस्थापन गरेको हो ।
मन्त्री थापाका स्वकीय सचिव हिमेश थापाले बिहान ७–९ बजे र साँझ ५–७ बजेसम्म मन्त्री निवासमा भेट्न सकिने जानकारी दिए । उनका अनुसार मन्त्री थापालाई भेट्न आउँदा खादा–माला नल्याउन अनुरोध गरिएको छ । बिहान र साँझ मन्त्री थापालाई उनकै सरकारी निवास भौतिक पूर्वाधार मन्त्रालयको पछाडितिर भेट्न सकिनेछ ।