नरेश राना / कञ्चनपुर :- कञ्चनपुर को लालझाडी गाउँपालिका वडा नं १ नौरांगा को फुटबल खेल मैदानमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा सभापति तीज विशेष कार्यक्रम अध्यक्ष पार्वती राना को अध्यक्ष मा सम्पन्न भएको थियो। प्रमुख अतिथि भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विर बहादुर थापा (पातल)रहनु भएको थियो भने विशिष्ट अतिथि लालझाडी गाउँपालिका का अध्यक्ष निर्मल राना,

उपाध्यक्ष सपना चौधरी राना,वडा नं १ को वडा अध्यक्ष प्यारे लाल राना ,अतिथि लालझाडी एमाले गाउँ कमिटी अध्यक्ष ओम प्रकाश राना ,इन्चार्ज खेम ओझा , वडा नं १ का भलमंसा, पधना,समाजसेवी हरुको उपस्थिति रहेको थियो। कार्यक्रम मा मन्त्री ले रानाथारु को पहिरन ,आफ्नो संस्कृति ,भेषभुषा को जगेर्ना गर्न मा जोड दिने बताउनु भएको थियो।

त्यसै गरी यस लालझाडी लाई विकास को दौरान मा हामी ले चुनाव मा बोलेका काम हरु गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। म पनि किसान को छोरा ,यहाँ भएका समस्या लाई मध्यनजर गरी आउँदा दिनहरूमा यो लालझाडी परिवर्तन गराउने भनेर प्रतिबद्धता पनि गर्नु भएको थियो।

कार्यक्रम मा विभिन्न संस्कृति झल्कने रानाथारु को राना थारुको पहिरन मा स्थानीय दिदी बहिनी ले नृत्य हरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम लाई प्रमुख अतिथि र विशिष्ठ अतिथि ले सामन डोला मा चढेर उद्दघाटन गर्नु भएको थियो। कार्यक्रम समिति कि सचिव मुना राना ले सञ्चालन गर्नु भएको थियो।